कालीकोटबाट जनयुद्धका पहिलो शहिद काली वि.क.

7
SHARES
15
VIEWS

कालीकोट । नेपालमा बन्दुकबाट राज्यसत्ता प्राप्तिका लागि शुरु गरिएको जनयुद्धको प्रभाव रोल्पा रुकुम हुंदै कालीकोटका ग्रामिण वस्तिमा क्रमश शुरु हुन थालेको थियो ।

जनयुद्धको शुरुवातिमा २०५३ साल तिर कालीकोटका ग्रामिण वस्तिमा जनयुद्ध समर्थित नारा जुलुुसको संकेत देखिन थालेको थियो । सबै भन्दा अघि तत्कालिन ५ नम्बर क्षेत्र भनेर चिनिने लालु माल्कोट र लोखाडामा जनयुद्धको शुरुवात भएको थियो । माल्कोटमा खडक बहादुर विश्वकर्मा(प्रकाण्ड)को गाउँ जहाँ उपल्ला जात भनेर कहलिएका बाट तल्लो वर्ग भनेर दविएका दलित वस्ति विचको भिषण टकराबाट शुरु भएको अन्तर संघर्षले ठुलो रुप लिन थालेको थियो ।

सोही सिल सिलामा २०५३/०५४ सालमा सरकारी पक्षबाट व्यापक दमनका नाममा दंगा प्रहरी परिचालन गरेर ग्रामिण वस्तिमा ज्यादति बढे संगै जिल्ला बासिमा आक्रोस आउनु स्वभाविक थियो । गाउँ गाउँमा रहेका प्रहरी चौकीबाट दमन हुन थालेपछि स्थानियहरुले प्रहरी माथि प्रतिरोध गर्ने क्रम बढेको थियो । सोही क्रममा हालको नरहरिनाथ गाउँ पालिकाको वडा न. ६ माल्कोटमा २०५४ साल चैत्र २६ गतेका दिन कुमालगाउँ प्रहरी चौकीबाट आएको प्रहरी र स्थानिय महिलाहरु विचमा झडप भएको थियो । माल्कोट र कोटबाडाको विच जंगलमा पर्ने चिउरी मेलामा स्थानिय महिलाहरुको लखेटाइमा परि एक हवल्दार र २ जना प्रहरीको मृत्यु भएको थियो ।

सो भिडन्तमा गोलि लागेर कोटबाडा गाविस वडा न. ७ काउलिसैन निवासि काली विकको ज्यान गएको थियो । त्यति वेला सम्मा कालीकोटमा राज्य र विद्रोही पक्षबाट कसैको पनि ज्यान गएको थिए । शहिद काली बि क २०२२ साल चैत्र २ गते बुवा लुते वि क र आमा घुचि विकको कोखबाट जन्मिनु भएको थियो ।

सामान्य किसान परिवारमा जन्मिुन भएकोको काली विकका एक छोरा र एक छोरी रहेका छन । सामान्य साक्षर मात्र रहेका काली विक तत्कालिन माओवादीको भातृ संगठन किसान संगठनमा आवद्ध हुनु भएको थियो ।

कालीकोटको माल्कोटको विथलडांडाको प्रतिरोध संघर्षलाई प्रत्येक चैत्र २६लाई प्रतिरोध दिवसका रुपमा मनाउने चलन रहदै आएको छ । काली विकलाई साविकको कर्नालि अंचलको जनयुद्धको पहिलो शहिद घोषित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित