पचालझरनामा ७० प्रतिशत प्रतिवद्धता पुरा भए–अध्यक्ष सेजुवाल

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकामा अध्यक्ष खडगराज सेजुवालले चुनावि ताका गरेका प्रतिवद्धता अहिले सम्म ७० प्रतिशत सफल भएको बताउनु भएको छ ।

कर्नालि संचार संग कुरा गर्दै अध्यक्ष सेजुवालले आफुहरुले प्रत्येक वडामा सडक विस्तार गरिएको,एक घर एक धारा निर्माण गरिएको,शैक्षिक क्षेत्रको सुदृढिकरणको काम भएको,१५ सैयाको अस्पताल निर्माणको प्रक्रियामा रहेको,शहिद स्तम्भ निर्माण गरिएको,पालिका केन्द्रको टुंगो लगाइएको,पचालझरना तथा पर्यटकिय क्षेत्रलाई व्यवस्थापन गरिएको,विकास निर्माणका कामहरु एक पछि अर्काे तिव्रगतिमा अघि बढेको बताउनु भएको छ ।

त्यसै गरी पचालझरना गाउँ पालिकाले स्थानिय स्तरमा भेडा बाख्रा पालन गर्ने किसानहरुलाई गोठालो भत्ता,खरको छाना मुक्त गाउँ पालिका बनाउने अभियान देखि प्रत्येक वडामा स्वस्थ्य इकाइ संचालन ल्याएको र गाउँ गाउँमा पाएक पर्ने कर्नालि नदि किनारामा चिहान घर निर्माण समेत गरेको बताइएको छ ।

महत्वपूण उपलब्धि भनेको विद्युत सेवा संचालन गरिएको छ भने अहिले पचालझरना गाउँ पालिकामा विशेष गरी क्याम्पसको स्थापना गर्नु पर्नेमा लागि परेको बताउदै अध्यक्ष सेजुवालले पचालझरनालाई राष्ट्रिय स्तरमा कायम गर्ने र जारकोटमा पक्कि पुल निर्माण गरी सडक संजालमा जोड्ने तयारी गरेको समेत बताउनु भएको छ ।

जिल्लाको सबै भन्दा विकट मानिएको पचालझरना गाउँ पालिकामा पछिल्लो समय स्थानिय समुदायहरुको पहुच कायम गर्न सडक विस्तार नभएका क्षेत्रमा विस्तार गर्ने र आगामी वर्ष पूर्ण सरसफाइ युक्त गाउँ पालिका बनाउने तयारी समेत गरेको बताइएको छ ।

पचालझरना गाउँ पालिकामा विकासको गति एक पछि अर्काे हुन थाले पछि त्यस गाउँ पालिकाबाट नमुनाका रुपमा लिन थालेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित