संघिय सांसद रावत द्धारा हिमचुलि सहकारीको अनुगमन

7
SHARES
15
VIEWS

कालीकोट । लामो समय पछि जिल्ला फर्किएका संघिय सांसद दुर्ग रावले मंगलबार महावै गाउँ पालिका स्थित हिमचुलि कृषि सहकारी संस्था लि.को सेवा कार्यालय पादमघाटको अनुगमन गरेका छन ।

जिल्ला भर भेटघाटलाई तिब्र पारेका सांसद रावतले महावैमा रहंदा पार्टी कमिटि,शहिद परिवार विभिन्न निकाय संग छलफल गरेर फर्किने क्रममा सांसद रावतले पादमघाटमा रहेका सरकारी निकायहरु संग छलफल समेत गरेका हुन ।

हिमचुलि कृषि सहकारी संस्था लि.ले जिल्ला भर सदस्यहरुको हितमा काम गर्दै आएको र आगामी दिनमा समेत अझै थप सेवा दिने आशा व्यक्त गर्दै आफुले सहकारी संस्थाका लागि सहयोग गर्ने विश्वास दिलाएको सेवा कार्यालय व्यवस्थापक चन्द्रमणि आचार्यले बताएका छन । उनका अनुसार सेवा कार्यालयमा सदस्यहरुको लागि निरन्तर काम गर्न अनुरोध गरेको बताए ।

सांसद रावत संगै नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का महावै गाउँ कमिटि इन्चार्ज लक्ष्मि चौलागाई(शैलेन्द्र)को समेत उपस्थिति रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित