पचालझरनामा विधि प्रक्रिया अनुसार सहयोगि नियुक्ति गरिएको हो –अध्यक्ष सेजुवाल

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकामा स्थापना भएका स्वस्थ्य इकाइका लागि नियुक्ति गरिएका कार्यलय सहयोगि विधि सम्बत भएको बताइएको छ । पचालझरना गाउँ पालिकाको वडा न.२,३,५,६,८ र ९मा रहेका स्वस्थ्य इकाइका लागि ६ जना सहयोगिका लागि विज्ञापन लिएको थियो ।

सो विज्ञापनमा सहयोगिका लागि सामन्य लेखपढ र दलित,महिला र शहिद परिवारलाई प्राथमिकतामा दिने बताइएको थियो । उक्त परिक्षामा सहभागिहरुलाई लिखित नभई मौखिक परिक्षा लिने उल्लेख गरिएको छ । सोही अनुसार मौखिक परिक्षा लिएको बताउदै अध्यक्ष सेजुवालले कर्नालि संचार सङ्ग कुरा गर्दै आफुहरुले प्रक्रिया अनुसार काम गरकोले सोही अनुसार कायम हुने समेत बताउनु भयो ।

अध्यक्ष सेजुवालका अनुसार वडा न. २ मा जग्गा धनि नेत्र कठायत, वडा न.३मा सिंह कामी दलितका तर्फबाट,वडा न. ५मा कल्पना विक शहिद परिवार, त्यसै गरी अन्य वडाहरुमा समेत सोही अनुसार छनोट गरिएको हो । गाउँ पालिका अध्यक्ष सेजुवालले विधि प्रक्रिया नपुगि भएको हो भने स्वस्थ्य संस्थामा ताला लगाउने की निवेदन लगाएतका अन्य कानुनि प्रक्रिया पनि त थिए होलान ?

यो त राजनैतिक पूर्वाग्राही बाहेक केही नभएको अध्यक्ष सेजुवालको भनाई रहेको छ ।

नेपालि कांग्रेसका केही साथिहरुले राजनैतिक भागबण्डा गरौं भनेकोमा विधि अनुसार अगाडी बढ्न खोजेको हौं कुनै पनि एक तर्फि नभएको अध्यक्ष सेजुवालले स्पष्ट पार्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित