कालीकोट । रुप्सा भने वित्तिकै रुप्सा पुगेको जोकोहीलाई लाग्छ कि मकैका रोटा र भैसीको दहि,मोही । निकै स्मरण मानिने नरहरिनाथको रुप्सा आफैमा अर्गानिक उत्पादन र उपयोग हुने ठाउँका रुपमा चिनिदै आएको छ । यहाँका स्थानियहरुमा बोल्ने शैलि मिजासिलो अनि सहयोगि भावनाले ओतप्रोत रहेका छन ।
रुप्साका स्थानियहरुलाई भेट्ने वित्तिकै नौलो अनि फरक पहिचान भनेको त्यहाँको अर्गानिक भोजन नै पहिलो प्राथमिकतामा पर्दछ । यहाँका समुदायहरु अधिकांस कृषि पेशामा व्यस्त रहेका हुन्छन । कृषि अन्तरगत भैसी पालन देखि भेडा बाख्रा पालनका लागि निकै सक्रिय रहने गर्दछन । त्यति मात्र नभई सुदुरपश्चिम प्रदेशको चर्चित पर्यटकिय क्षेत्र रामारोशन र त्रिवेणि पाटनको विचमा पर्ने विशेष क्षेत्रका रुपमा बेग्लै पहिचान रहेको गाउँ हो रुप्सा । यहाँको विशेषता जिल्लाका भन्दा फरक खालको रहेको छ । नरहरिनाथ गाउँ पालिकाको वडा न. ४ र ५मा पर्ने रुप्साका थलापाटा,खाति रुप्सा,अदेला लगाएतका गाउँहरु रहेको रुप्सामा अर्गानिक खाद्यन्न मकै,दुध दहि र गाउँले रहनसहन पाइन्छ । यहाँका अधिकांस समुदाय पशुपालन तर्फ भैसी र भेडा बाख्रा पालन गर्ने गर्दछन ।
त्यति मात्र नभई सांस्कृतिक रुपमा असोज महिनामा लाग्ने पुष्पाञ्जलि शरद मेलाले पनि निकै स्थान ओगटेको छ । यस मेलामा छिमेकी जिल्ला अछाम,बजुरा दैलेख लगाएतका क्षेत्रबाट दर्शकहरुको आइरो लाग्ने गर्दछ । यहाँका समुदायहरुले निगालाबाट उत्पादित छाप्रा,भकारी,मोट्टो,टोकरीहरु निर्माण गर्ने गर्दछन । क्षेत्रि जातिको बाहुल्यता रहेको यहाँका सहकारी जाति मात्र रहेको समुदायमा अहिले बुढा,सांवद,केसी जातिहरु बढ्न थालेको पाइन्छ ।
रुप्सामा रुप्से पानिमा नुहाएर रुप्से(शुन्दर)हुने चलन रहेको छ । त्यो पानिको मुहान अहिले बन्द भएको परापूर्व कालमा डोटीको बोगटानबाट सिकार खेल्न आएका देउवा परिवारका दुई दाजुभाई फुकोटको बांग्रिज्युला पुग्दा सिकार खेल्न नपाएका कारण रुप्सामा बसोबास गरेको स्थानिय ७१ वर्षिय बयोबृद्ध तथा नायक रत्न बहादुर सहकारीले बताउनु भयो । वहांले भन्नु भयो जात नै सहकारी भएकाले यहाँका समुदायहरुमा एक अर्का प्रति सहयोग गर्ने परिपार्टी अहिले पनि जारी छ ।
घरनिर्माण गर्न देखि हरेक कामहरु गाउँलेहरुले मिलेर गर्ने गरेको बताउदै प्रमुख पेशा नै भैसि पालन गरेर घ्यु उत्पादन गरेर तत्कालिन समयमा बर्दियाको राजापुर,कटांसे हुंदै कैलालिको चिसापानिमा लिने गरेको थियौं ।अहिले अधिकांस युवाहरु बैदेशिक रोजगारमा जाने गरेको र केही अध्ययनका सिलसिलामा जिल्ला बाहिर भएकाले पशुपालन घटेको बताउनु भयो ।
आफुहरुले एक घरमा पांच देखि ७ वटा सम्म भैसी पालन गर्ने गरेको स्मरण गर्दै दुध दहि र घ्यु उत्पादन अत्याधिक हुने गरेको थियो अहिले खानलाई पनि पाउन छाडेकोमा चिन्ता व्यक्त गर्नु भएको छ ।
स्थानिय समाजसेवि तथा स्वस्थ्यकर्मि डण्डमान बोगटीले यहाँका समुदायले अहिले भेडा बाख्रा पालन तथा निगालाका सामाग्रि बनाउने गरेको बताउनु भयो ।
अछाम जिल्लाको रामारोशन नजिक पर्ने क्षेत्र भएकाले सुदुरपश्चिमको सांस्कृतिक भेषभुशा झलक आउने गरेको बताउदै कृषि उत्पादनमा विशेष गरी मकै,जौ,कोदो,गहुँ र तरकारी तर्फ तरकारी तर्फ आलु,गान्टेमुला लगाएतको उत्पादन हुने भएकाले यहाँका समुदाय आत्मनिर्भर रहने गरेको बताउनु भएको छ ।
सांस्ँकृतिक क्षेत्र तर्फ प्राय गरी रुप्साको शरद मेला चर्चित मानिदै आएको छ भने पर्यटकिय क्षेत्रहरुमा उपया पाटन,लखडा,परनछान्नि लगाएतका क्षेत्र रहेको बताइएको छ ।
नरहरिनाथ गाउँ पालिकाका प्रवक्ता तथा वडा न. ५का वडा अध्यक्ष गगन फडेराले रुप्सालाई अर्गानिक उत्पादन र व्यवस्थापका लागि विशेष जोड दिएको बताएका छन । रुप्सामा मात्र नभई नरहरिनाथ गाउँ पालिकालाई अर्गानिक उत्पादन र निगालाका सामाग्रि उद्यपादन गर्न कृषकहरुले गर्ने मानसिक्तामा भित्र देखि खुलेर आएमा पालिका सरकार लगानि गर्न तयार रहेको बताउनु भएको छ ।
Discussion about this post