पश्चिम रुकुममा झडप हुने भएपछि निशेधाज्ञ जारी

7
SHARES
15
VIEWS

रुकुम  । रुकुम  पश्चिममा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस पक्षबीच झडपको स्थिति सिर्जना भएपछि रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा निषेधाज्ञा लागू भएकाे छ ।

जिल्ला प्रशासन कार्यालयले शुक्रबार बेलुका ६ बजेदेखि अर्को सूचना नआउँदासम्मका लागि निषेधाज्ञा लगाएको जनाएको छ ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले एक सूचना जारी गरेर नगरपालिकाका ९, १०, ११ र १२ नम्बर वडाको सम्पूर्ण क्षेत्र सिल गरिएको जनाएको छ ।

नगरपालिकाको ९ नम्बर वडा राडी बजारमा बिहीबारदेखि नै नेकपा र नेपाली कांग्रेस निकट युवाहरू भेला भएर झडपको प्रयास गरेपछि निषेधाज्ञा लागू भएकाे हाे ।

बसकाे टिकट काउन्टरमा बसेका नेपाली कांग्रेसका कार्यकर्तालाई नेकपाका युवाहरूले कुटपिट गरेपछि कारबाहीकाे माग राखेर प्रदर्शन हुँदै आएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित