मृगौलाका कारण निधन भएकी स्मृतिको सम्झनामा डेढ लाखको अक्षय कोष स्थापना

7
SHARES
15
VIEWS

कालीकोट । दुवै मृगौला काम गर्न नसक्ने अवस्थामा उपचारका क्रममा मृत्यु भएकी रास्कोट नगरपालिका ७ निवासि स्मृति महताराको नाममा घरपरिवारका तर्फबाट १ लाख ११ हजार १ सय ५१ राशिको अक्षय कोष स्थापना गरिएको छ ।

नवौं दिनको पुण्य तिथिमा गरिएको आज श्रदाञ्जलि सभामा स्वर्गिय स्मृति महताराको आमा बुवाले भावि वालवालिकाहरुलाई मृगौलाका कारण उपचार नपाएर मृत्यु हुने अवस्था नआओस भनेर उक्त अक्षय कोषको व्यवस्था गरिएको बताइएको छ ।

छोरी स्मृति महताराका बुवा कालि बहादुर महताराले छोरीको मृगौला प्रत्यारोपण गर्ने समय सम्म १६ पटक उपचार गर्दा गर्दै निधन भएको र राज्यले मृगौला प्रत्यारोपणका लागि निशुल्क भने पनि त्यहाँ सम्मको पहुंचमा पुग्न धौ धौ हुने अवस्था आएकाले सहजता कायम गर्न विशेष जोड दिन आग्रह गरेका छन । उनि संगै अहिले स्वर्गिय स्मृति महताराको आमा अविसरा महतारा विगत १५ वर्ष देखि मृगौला पिडित भएर उपचार गर्दै आएकी छन ।

मृगौला पिडित भएकै कारण उपचार गर्दा गर्दै मृत्यु हुने स्मृति महताराको नाममा खडा गरिएको अक्षय कोषका लागि स्वर्गिय स्मृति महताराका मामा डण्डमान बोगटीले १५ हजार,हिमचुलि कृषि सहकारी संस्थाका तर्फबाट १० हजार,रास्कोट कला तथा साहित्य प्रतिष्ठानबाट १० हजार,रास्कोट श्रम बैंकका अध्यक्ष पदम खड्काले ५ हजार १ सय र रास्कोट नगर कार्यपालिका सदस्य मन तिरुवाले ५ हजार,रासकोट नगरपालिका वडा न. ७ का वडा अध्यक्ष अदलसिंह महताराले ५ हजार, सान्नित्रिवेणिका युवा नेता अग्र बोगटीले ५ हजार र स्युना गाविसका पूर्व उपाध्याक्ष परिमल फर्सालले २ हजार अन्य प्रतिनिधि लगाएतले अक्षयकोषका लागि सहयोग गरेका छन ।

उक्त सहयोग र घरपरिवारबाट र अन्य निकायको ६० हजार कुल १ लाख ७० हजार बराबरको रकम जम्मा भएको स्वर्गिय स्मृति महताराका बुवा कालि बहादुर महताराले जनाएका छन ।

स्वर्गिय स्मृति महताराको कर्नालि प्रदेश अस्पताल सुर्खेतमा कात्तिक १६ गते निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित