राष्ट्रिय सभामा कखरा सिक्दै छु — सांसद नरपति सुनार

7
SHARES
15
VIEWS

कालीकोट । राष्ट्रिय सभा सदस्य नरपति सुनारले आफुले सदनमा कखरा सिक्दै गरेको बताएका छन । जिल्लाको रास्कोट नगरपालिकाको पलांतिबाडा निवासि नरपति सुनारले राजनैतिक यात्राका क्रममा जनयुद्ध देखि जनआन्दोलनका कारण आफुहरु जस्ता दलित,महिला तथा पछाडी परेकाहरुका लागि आएको बताए ।

आफुले राजनैतिक रुपमा अनुभव नभएका बेला २०४३सालमा साविकको फुकोट गाविसको उपप्रधान भएर चुनावमा भिड्दा तत्कालिन शिक्षक यज्ञराज न्यौपानेको ठुलो त्यागका कारण आफुले उपप्रधान भएको अनुभव सुनाउदै प्रधान पञ्च बनाउन लाग्दा आफुले वास्ता नगरेको बताए ।

चुनाव २०४३ साल बैशाख ३ गते चुनाव जितेर खुशियालि मनाउदा सम्म जितको अनुभव नभएको समयमा २०४६ साल सम्म उपप्रधान भएर पनि २०४७ सालमा नेकपा(एमाले)को पार्टी सदस्यता संगै वडा अध्यक्ष समेत ५ वर्षे कार्यकाल कटाए पछि राजनैतिक लाग्न थालेको बताए । लामो समय नेकपा(एमाले)मा आवद्ध भएर राजनैतिक शुरु गरेका नरपति सुनार २०७४ सालमा राष्ट्रिय सभाको सदस्य भइ सदन प्रवेश गर्दा अहिले कखरा सिकेको र भर्खर कक्षा १मा प्रवेश गरेको बताए ।

संसद सम्म पार्टीले पुगाएको राष्ट्रिय सभामा विधि विधानको पास गर्नु बाहेक केही काम नभएको भएपनि आफुले कालीकोटका लागि केही गर्ने र आगामी दिनमा समेत पार्टीको जिम्मेवारी पुरा गर्ने बताए ।

आफुले २ वर्ष ६ महिना सम्म अनुभव मात्र लिएको भएपनि अवका दिनमा केही न केही उदाहरणिय काम गर्ने बताए । उनले कर्नालि संचार संग कुरा गर्दै थोरै गरेर मिडियामा ठुलो बनाउने काम नभएको बताउदै धेरै काम गरेर नमुना योग्य हुनु राम्रो भएको बताए ।

नेकपा रास्कोट नगरकमिटिका इन्चार्ज समेत रहेको सुनार राष्ट्रिय सभामा मात्र नभई रास्कोटी जनताको पक्षमा निरन्तर काम गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित