मृगौला पिडित स्वर्गिय स्मृति महताराको जिवनि

7
SHARES
15
VIEWS

स्वर्गिय स्मृति महताराको आज हुन गइरहेको श्रदाञ्जलि सभामा उपस्थित शुभचिन्तक दाजुभाई तथा दिदीवहिनिहरु हामीहरु निकैनै दुःखान्त मय अवस्थाको विच हामी यहाँ उपस्थित भएका छौं । जहाँ मानवले धर्तिमा पाइला टेक्छ त्यहि धर्तिमा उसको अवसान हुन्छ । हरेक सजिव प्राणीको जन्म पछि मृत्यु अनिवार्य छ ।

कालिकोट जिल्ला रास्कोट नगरपालीका वाड नंं ७ (साविक फुकोट गाविस ५) पुच्र्छेगाउँ वस्ने आमा अविसरा सहकारी (महतारा) वुवा कालिबहादुर महतारा कि दोश्रो सन्तानको रुपमा स्मृति महताराको कैलालि जिल्ला मा पर्ने सेतिअञ्चल अस्पताल धनगढीमा मिति २०६५ साल असार ५ गते विहिवारका दिन जन्म भई २०७७ साल कार्तिक १६ गतेका दिन प्रदेश अस्पताल सुर्खेतमा देहअवसान भयो । १२ वर्ष ४ महिना ११ दिनको अल्पायुमा यो धर्ति वाट विदाई हुनुहुने स्मृति महतारा प्रति भावपूर्ण श्रद्धान्जीली अर्पण गर्दछौं । सोकको यस घडीमा हामीलाई शक्ति प्रदान गर्न प्रेरणा दिनुहुने आफन्तजन,इष्टमित्र,साथिभाई राजनितिकदलका नेता,सामाजिक अभियान्ता,सहकारी कर्मी,उद्योगी,व्यवसायी संचारकर्मि लगाएत सम्पूर्ण आदरणीय महानुभाव प्रति कृतज्ञता प्रकट गर्दछौं ।
गाउँकै निजी विद्यालय वाट कखरा सुरु गरी वालविकास वोडिङ्ग मान्म,डिभि निकेतन सुर्खेत र वालग्राम हर्मनमाइनर एसोयल सुर्खेतमा कक्षा ६ मा अध्यायन गरीरहेकि स्मृति कक्षा ५ मा अध्यायन गर्दा गर्दै विरामी पर्न गइन । दुई वर्ष ६ महिनाको हुदा विद्यालय जान शुरु गरेकि उनि कक्षा ५ मा अध्यायन गर्दा विरामीका कारण परिक्षामा सहभागी हुन सकिनन् । शुरुमा सामान्य ज्वारो आई विरामी पर्न गइ सोहि क्रममा सुर्खेत स्थित गुरुङ वाल क्लिनिक वाट उपचार गरीएको थियो ।

त्यहाँ निको नभई सके पछि २०७४माघ महिनामा उपचारको लागि काठमाडौ स्थित टिचिङ्ग अस्पताल महारगजंमा लगि उपचार गराउदा उनलाई एसेली नेफ्राटिच भएको प्रमाणीत भयो । त्यस पछि निरन्तर उपचारको क्रममा ३ पटक काठमाडौं थापाथली स्थित निर्भीक हस्पीटल, १६ पटक कठमाडौको टिचिङ्ग अस्पताल,२ पटक कठमाडौ महाराजगंज स्थिति बालमैत्रि अन्तराष्ट्रिय अस्पताल,१ पटक कठमाडौ कै सिनामंगल स्थित कठमाडौ मेडिकल कलेज,४ पटक प्रदेश अस्पताल सुर्खेत,२ जिल्ला अस्पताल कालिकोटमा उपचार गरीएको थियो । उपचारको सिलसिलामा ३ पटक गरी २७ दिन आइ.सि.यू,र ४ महिना ११ दिन अस्पताल भर्ना गरिएको थियो भने ४ प्वाइन्ट रगत दिनु परेको थियो । सोहि क्रममा दुवै मृगौला विग्रीन गाई डाइलासिस हुदै प्रत्यारोपण गर्ने उपचार प्रक्रिया कै क्रममा उनको दुखत निधन हुन पुग्यो ।


३ पटक काठमाडौं थापाथली स्थित निर्भीक हस्पीटल, १६ पटक कठमाडौको टिचिङ्ग अस्पताल,२ पटक कठमाडौ महाराजगंज स्थिति बालमैत्रि अन्तराष्ट्रिय अस्पताल,१ पटक कठमाडौ कै सिनामंगल स्थित कठमाडौ मेडिकल कलेज,४ पटक प्रदेश अस्पताल सुर्खेत,२ जिल्ला अस्पताल कालिकोटमा उपचार गरीएको थियो । उपचारको सिलसिलामा ३ पटक गरी २७ दिन आइ.सि.यू,र ४ महिना ११ दिन अस्पताल भर्ना गरिएको थियो भने ४ प्वाइन्ट रगत दिनु परेको थियो । सोहि क्रममा दुवै मृगौला विग्रीन गाई डाइलासिस हुदै प्रत्यारोपण गर्ने उपचार प्रक्रिया कै क्रममा उनको दुखत निधन हुन पुग्यो ।


उपचारको उक्त अवधिमा जिवन वचाउनको लागि उपचारमा खटिएको डक्टर लगाएतको मेडिकल टिम हामीलाई सहयोग गर्ने हिमचुली कृषि सहकारी संस्था परिवार,घरपरिवार,इष्टमित्र,साथिभाई आफन्तजन त्यसैगरी रक्तादान भनेको जिवन दान हो रक्तदान गर्ने पचालझरना गाउपालीका वडा नं.८ भिट्टा घर भई काठमाडौ वस्ने मानवहादुर शाही ,दैलेख घर भई सुर्खेतमा वस्ने —–,कालिकोट जिल्ला रास्कोट नगरपालीका वाड नं. ९ वस्ने कटक वहादुर महत,महावै गाउपालीका वाड न ५ वस्ने सृजना शाही लगाएत सवै प्रति कृतज्ञता व्यक्त गर्दछौं । यहा“हरुले लगाएको गुनको हामी ऋण छौं ।
हरेक मानिसले यो धर्तिमा पाइला टेके देखि वाचुनजेल समाजमा केही न केही सन्देश छोडेको हुन्छ । त्यस भित्रकी धैर्यवान, ज्ञानकि खानि,तिक्ष्ण दिमागकी धनि मिजासिलो स्वभावले उस प्रतिको लगाब अनि भावनाले बेग्लै पहिचान दिन्छ । सानै उमेर भए पनि आमा बुवा दिदिभाई घरपरिवार आफन्त सवै प्रति आफुले गर्नु पर्ने कतव्य पुरा जिम्मेवारी वोध हामी सवैका लागि प्रेरणाको श्रोत वनेको छ ।

समाजमा हुने सामाजिक विकृति प्रति सधै घृणा गर्ने र समाजमा हुने नयाँ नयाँ कुरा प्रति चासो राख्ने उनको स्वभावले समाज परिर्वतन हुनु पर्छ भन्ने सोच उनिमा थियो भन्ने आभास हुन्छ । सामाजीक न्याय र परिर्वतनका लागि काम गर्ने लाई कसै वाट भएको दुरव्यवहार उनलाई मन नपर्ने कुरा उनको अभिव्यक्ति वाट सुन्न पाइन्थ्यो ।
दिर्घ रोगिलाई उपचारको सहज पहुंचको प्रश्न :
राज्यले केहि प्रणाघातक रोगहरुको निशूल्क उपचारको घोषणा गरेको छ । तर विडम्वना भन्नु पर्छ त्यो उपचार सामन्य नागरिकको लागि आकाशको फल आंखा तरि मर बाहेक अरु केही होइन रहेछ भन्ने जस्तै आभास भएको छ । पावर र पहुचमा हुनेहरुले आफुलाई आई पर्दा उपचार गर्ने सरल उपाए मात्र हो । भने जस्तै लाग्छ किन कि मृगौलाको निशूल्क उपचार का लागि हामीले निकै प्रयास गरयौं । तर त्यो सफल हुन सकेन ।

सामान्य नागरिकले निशूल्क उपचार सेवा लिनको दयाको भिग माग्दै शक्ति केन्द्रहरु सग गर्नु पर्ने गुहारको अन्त्यका लागि समाजमा आई पर्ने यस्ता कठिनाइको लागि समुदाय नै एकका लागि सवै सवैका लागि एक हुने मान्यताको विकास गर्न आवश्यक छ । भविष्यमा स्वगिर्य स्मृति महताराले भनेका र उनले दिएका शन्देसहरुको स्ममरण गर्दै उनि जस्तै दिर्घरोगिहरुको उपचार सानै भए पनि व्यवस्थापनका लागि सहयोग गर्ने उद्देश्यले स्मृति महतारा अक्षय कोषका लागि घरपरिवारको तर्फबाट हिमचुलि कृषि सहकारी संस्था लि.मा उनको नाममा बचत भएको रकम रु १ लाख १ हजार १ सय ५१ रुपैयाको कोषको स्थापना गरिने छ ।

उक्त कोषमा सहयोगका लागि सम्पूर्णमा हार्दिक आव्हान समेत गदछौं । यस शोक पुस्तिकामा हस्ताक्षर गरी श्रदाञ्जलि व्यक्त गर्नु हुन आपन्तजनमा अनुरोधछ । उनको आत्मले शान्ति पाओस ।

# स्वर्गिय स्मृति महताराको नवौं दिनको पुण्यतिथिमा आयोजित श्रदाञ्जलि सभामा बुवा कालि बहादुर महताराले प्रस्तुत गर्नु भएको जिवनि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित