संस्कृति मागल झोडा जोगाउन जेष्ठ नागरिक सक्रिय

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लामा पछिल्लो पटक मौलाएको आधुनिक संस्कृतिले परम्परागत रुपमा चलि आएको संस्कृति ओझेलमा परेको भन्दै कालीकोटका जेष्ठ नागरिकहरु चिन्तित भएका छन ।
आफुहरुले जमानामा चलेको संस्कृति प्रति स्थानियहरुको आकर्षण भन्दा पनि विगतमा के थियो थाहा नहुने अवस्था सृजना हुने चिन्ता पसेको बताउन थालेका छ । आफुहरुले विगतमा समाजमा केही मनोरञ्नका कामहरुमा गाउने मागल,झोडा,मारुनि नाच लगाएका संस्कृतिहरु हराउन थालेकाले यसको संरक्षण अनिवार्य भएको बुढापाकाहरु ब्ताउन थालेका छन ।

महावै गाउँपालिकाकी ६७ वर्षिया पञ्चा शाहीले अहिलेका युवाहरु भmोडा र मागल भन्दा उल्टै गिज्याउने गरेको बताएकी छन । उनले भनिन् अहिले रातिको समयमा निन्द्रा नआंउदा मागल भनेर रात विताउने गरेको बताएकी छन । शाहीका अनुसार मागल भन्ने कुरा बुढा पाकाहरु नभएका गांउमा त हराई सकेको बताउदै संरक्षणमा भन्दा पनि युवा पिढिँमा अहिलेको नयाँ संस्कृतिले जरा गाड्न थालेकाले वाजेले चलाएको संस्कृतिको संरक्षणका लागि आफुहरुले विभिन्न निकायहरु संग आग्रह गरेको बताएकी छन ।
जिल्लामा परम्परागत संस्कृतिका लागि कसैको ध्यान नगएको प्रति रास्कोट नगरपालिकाकी ३ कि गोरिकला नाथ योगिले मागल भन्दा खेरी युवा तन्नेरीहरु ध्यान दिएर सुन्ने तर जमाना अनुसार पुरानो भन्दा नयाँ तिर जानु पर्ने भन्दै त्यस तर्फ ध्यान नदिने गरेको गुनासो गरेकी छन ।

उनका अनुसार ग्रामिण क्षेत्रमा छैटी,विवाह,वर्तबन्ध र न्वारन लगाएतका काममा गाईने मागल र झोडाले उपस्थित जनमानसमा स्वभायमान हुने गरेकाले अहिले माईक र यामपिथ्रि गित मार्फत मनोरञ्जन लिने गरे पछि पुरानो संस्कृति आफुहरु रहंदा सम्म मात्र सिमित रहने होकी भन्ने चिन्ताका कारण बृद्धहरुले संरक्षण अभियानमा लाग्नु परेको बताइन ।
जिल्लामा आधुनिक संस्कृतिले ल्याएको वेथिति प्रति ईंगित गर्दै पचाभलरना गाउँ पालिकाका धर्म ऐडीले आफु पुरुष भएपनि मागल र झोडा प्रति रुचि कायम रहेकाले पछिका पुस्ताहरुलाई सिकाउदा पनि वेवास्ता गरेको बताए । आफुहरु रुचिका साथ मागल गाउदा विवाहको मण्डपमा रमाईलो हुने गरेको बताउदै मागल र झोडा लगाएतको संस्कृतिका लागि ग्रामिण क्षेत्रमा चेतना अभिबृद्धिका लागि सम्बन्धित निकायले पहल गर्नु पर्ने उनको तर्क रहेको छ ।
कालीकोट जिल्लाका ग्रामिण क्षेत्रमा बुढा पाकाहरुले रमाईला कामहरुमा मागल र झोडाले रमाइलो गर्ने गरेकाले यसको संरक्षणका लागि अग्रसर हुनु पर्ने रास्कोट नगरपालिका ८ पलांतिबाडाकी शारदा न्यौपानेको भनाई रहेको छ ।

यसका लागि संचार माध्यमहरुका साथै विभिन्न निकायहरुले संरक्षणका लागि अभियानहरु संचालन गर्न अनुरोध गरेकी छन ।
राज्यको माथिल्लो निकायबाट लोक देउडा मार्फत हरेक खालका मनोरञ्जन हुने भएकाले राज्यले लगानि संगै प्रवद्धनमा जोड दिनु पर्ने बताइएको छ । जिल्लामा पछिल्लो समयमा लगाईने लोक देउडा तथा दोहोरी गितहरुका लागि आफुहरु लागि परेको चर्चित लोक देउडा खेलाडि नेत्रराज शाही,मनिलाल ऐडी लगाएतका दर्जाैनौ खेलाडीहरुले नै संरक्षणका लागि निरन्तर रुपमा लाग्नु पर्नेमा जिल्लाका लोक संस्कृति प्रति चासो राख्नेहरुको जोड रहेको छ ।

पुरानो संस्कृतिको जगेर्ना गर्ने रहेको तर उचित व्यवस्थापनका लागि सरोकारवाला निकायको अभिरुचिका कारण ओझेलमा पर्ने देखिएको बताइएको छ देउडा खेलाडि मनिलाल ऐडीले संस्कृति क्रमस नयाँ तिर जानु स्वभाविक भएको बताए । अहिले र उहिलेको आकाश पाताल फरक छ त्यहि अनुसार युवा पुस्ताको चासो हुनुमा नराम्रो नहुने बताउदै परम्परागत संस्कृतिकोलाई आवश्यक फेरबदल सहित अघि बढ्नु पर्नेमा जोड दिए ।

युवा पुस्तामा संस्कृति हस्तान्तरण नहुँदा लोप हुँदै गएको छ । अहिलेका पुस्ता बजारमा निस्केका आधुनिक गीत सङ्गीतमा रमाउने गरेकाले लोकसंस्कृति ओझेलमा परेको गायक मनराज रोकायाले गुनासो पोखे । रोकायाका अनुसार बाजेबज्यैको पालामा गाइने झोडा, मागल, धारु, रतेउली, छैटी, बालोलगायत गीत लोप हुँदै गएका छन् । विगतमा वनपाखामा गुञ्जिने देउडा गीत, ठाडी भाका, सवालजवाफमा गाइने होस् या लय मिलाएर गाइने भाका अहिले ग्रामीण क्षेत्रमा समेत सुन्न छाडिएको छ ।
जिल्लामा अन्य क्षेत्रमा सरकारी तथा गैरसरकारी निकायले विभिन्न कार्यक्रम मार्फत चेतना जोगाउने काम गरेपनि संस्कृति जोगाउनका लागि कसैको ध्यान नपुगेको सरोकारावाला निकायहरुले आभास गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित