कालीकोट । कोरोनाका कारण यस वर्षको देउसी भैलो खेल्न रोक लगाइएको भएपनी पलाता गाउँ पालिकामा भने धमाधम देउसी शुरु भएको छ । पलाता गाउँ पालिकाका गाउँ गाउँमा देउसी भैलो शुरु भएको बताइएको छ ।
नेपाल सरकारको निर्देशनमा जिल्ला प्रशासन कार्यलय कालीकोटले जिल्लाका सबै स्थानीय तहमा देउसी भैलो खेल्न रोक लगाइएको भएपनी पलाताका युबायुबतिले भने निर्देशनको पालना नगरेर देउसी भैलो खेलेका हुन । स्थानिय युबक लक्षु अधिकारीले सामाजिक संजालमा पलातामा देउसी भैलोको झलक भन्दै फोटा पोस्ट गरेका छ्न ।
त्यसै गरी तिलागुफा नगरपालिकामा समेत देउसी खेल्न शुरु भएको बताइएको छ । जिल्लामा देउसि भैलो तथा जुवातास खेलेको भेटिएमा कानुनी कार्बाही हुने बताइएको छ ।
Discussion about this post