पलांतामा नेकपा र राप्रपाको घरदैलो र दशै तिहारको शुभकामना

7
SHARES
15
VIEWS

कालीकोट । पलांता गाउँ पालिकामा नेकपा पलांता र राप्रपाले दशै तिहार अवधिभर जनताको घरदैलोमा गएर भेटघाट तिव्र पारेका छन । नेकपा पलांताका अध्यक्ष विष्णु रोकाया इन्द्रको उपस्थितिमा शुभकामना आदान प्रदान गरिएको छ भने राप्रपाले सरकारले गरेका नराम्रा कामको भण्डाफोर अभियान संगसंगै राप्रपा पलांता संगठन विस्तार अभियान सम्पन्न गरेको छ ।

गाउँ पालिकाको विभिन्न वडाहरुमा संचालन गरिएको कार्यक्रम दशै तिहारको विचमा प्रत्येक वस्तिमा गएर उक्त अभियान संचालन गरिएको हो । पलांताका स्थानिय तथा राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थि संगठनका उपाध्याक्ष निराजन बम, राप्रपा जिल्ला सचिव मदन रोकायको उपस्थितिमा अभियान सम्पन्न भएको बताइएको छ ।

राप्रपाले पलांता सरकारले जनताको आखांमा विकासको नाममा छारो हाल्ने काम गरेकोमा विरोध जनाएको छ । वडामा हरेक काम कार्वाहीमा भने अनुसारको नगरेको आरोप लगाउदै चर्काे आलोचक बन्दै आएका विद्यार्थि नेता निराजन बलमे पलांता भष्ट्राचारको अखडा भएको भन्दै भष्ट्राचार मुक्त समाज,संगठन सुदृढिकरण अभियान अन्तरगत पलांता परिवर्तनका लागि एक घर एक युवा ऐक्यवद्धता गर्न उक्त अभियान संचालन गरिएको थियो । उक्त कार्यक्रमले पलांता सरकारले जनताका लागि गर्नु भने विकास निर्माणका कामहरुमा जनसहभागिता जनाउन अभियान थालनि गरिएको नेता बलमे बताएका छन । उनले धौलागोहको राडुनेटा,खिनको नेटा,थिर्पुको बेर्सैनकोट र थिर्पुमा जनसहभागिातमा कार्यक्रम सम्पन्न गरेको बताएका छन ।

पलांतामा पछिल्लो समय नेकपाका नेता र गाउँ पालिका अध्यक्ष लक्ष्मण बम विचको झगडाका कारण उत्पन्न विवाद पछि लक्ष्मण बम पलांतामा भन्दा जिल्ला बाहिर रहने गरेको बताइएको छ ।
यति वेला जनताका विचमा दुइृ पार्टीका गतिविधि तिव्र पारेका छन । नेकपाले दशै तिहारको विचमा जनताका विचमा गएर शुभकामना आदान प्रदान गर्ने,संगठनको बैठक बोलाउने लगाएतका काम गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित