पर्यटन क्षेत्रले गति लिन थाल्यो : मन्त्री भट्टराई

7
SHARES
15
VIEWS

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालको पर्यटन क्षेत्रले गति लिन थालेको बताएका छन् ।

आमदब्लम हिमालको सफल आरोहण गरी काठमाडौं फर्किएका कतारका राजकुमार शेख मोहम्मद विन अब्दुल्ला एम अलथानीसहितको टोलीसँगको भेटपछि उनले यस्तो बताएका हुन् ।

विश्वमा कोभिड संक्रमणको जोखिम कायमै रहे पनि छिमेकी मुलुकबाट उच्च पदस्थ व्यक्तिहरु नेपाल भ्रमणमा आउनु पर्यटन क्षेत्र विस्तारै आफ्नो गतिमा अगाडि बढ्न थालेको संकेत भएको उनले बताए ।

पछिल्लो समय सरकारले पर्यटन क्षेत्र खुला गर्ने निर्णय गरेसँगै अहिले विदेशी पर्यटकहरुको आगमनपछि बढ्दै गएको उनको भनाइ छ । राजकुमार शेख मोहम्मद आइतबार आफ्नो देश फर्किने जानकारी पनि उनले दिए ।

राजकुमार शेख मोहम्मदले लामो समयदेखि आफू नेपाल भ्रमणमा आइरहेको उल्लेख गर्दै छिट्टै आफू अर्को भ्रमणमा आउने विश्वास दिलाए । नेपालका हिमालय र गाउँहरु आफूलाई धेरै मनपरेको उनको भनाइ छ ।

राजकुमारसहितको टोलीले बुधबार आमदब्लम हिमालको सफल आरोहण गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित