प्रचण्डलाई पदलोलुप भन्नु गलत हो —नेता रिजाल

7
SHARES
15
VIEWS

काठमाडौं । नेकपा केन्द्रीय समिति सदस्य एवम् विदेश विभागका उपप्रमुख विष्णु रिजालले नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई पदलोलुप भन्न नहुने बताए । नेकपाको सचिवालय बैठकमा प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनको प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षधर नेताहरूले कडा विरोध सहित प्रस्ताव फिर्ता लिन अनुरोध गरिरहँदा रिजालको यस्तो प्रतिक्रिया आएको हो।
ुउनले भनेका छन अन्य तर्क त गर्न सकिएला तर पुष्पकमल दाहाल( प्रचण्ड)लाई पदलोलुप भनेको नसुहाउँदने बताए। पार्टी एकता ताका कांग्रेसले प्रधानमन्त्रीको प्रस्ताव गर्दा स्वीकार नगरेर एकतामा जोड दिन लागि परेको अवस्थालाई हामीले राम्रो संग अध्ययन गर्नु पर्छ । यस अघि सरकार संचालनमा केपि वलि संग आधा आधा कार्यकालको लिखित सहमतिलाई बीचैमा छाडिदिने व्यक्तिलाई पदलोलुप कसरी भन्न मिल्ला भन्ने प्रश्न गरेका छन । उनले सामाजिक सञ्जालमा लेख्दै अलि ख्याल गरौं, प्रचण्डले साथ नदिएको न विद्या भण्डारी राष्ट्रपति हुनुहुन्थ्यो, न केपी ओली प्रधानमन्त्री।यति नभइसकेपछि अरू साथीहरुले रोजी–खोजी विभिन्न पद पाउने त सम्भावनै हुन्थेन।ु
जसको सहयोगमा आफू पदमा बसिरहेको छ, उसैलाई पदलोलुपको आरोप लगाउँदा लोकले पत्याउला भनेर समेत उनले प्रश्न गरेका छन्। प्रचण्डले सचिवालय बैठकमा प्रस्ताव पेश गरेपछि वलिले पत्र लेखेका छन भने त्यसको जवाफ दिदै प्रचण्डले वलि सुध्रिन अनुरोग गरेका छन । यस संगै प्रचण्डले राखेको प्रस्तावमा बरिष्ठ नेता माधव नेपाल,झलनाथ खनाल, बामदेव गौतम लगाएतका ५ नेताले आफुहरुको सामुहिक प्रस्ताव भएको भन्दै वलिलाई सच्चिन अनुरोध गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित