कैलालीका सुपथ मूल्य पसल बन्द

7
SHARES
15
VIEWS

कैलालि ।चाडपर्वलाई लक्षित गर्दै कैलालीमा सञ्चालनमा आएका सुपथ मूल्य पसल शनिबारदेखि बन्द भएका छन्। कैलालीको धनगढी र अत्तरियामा दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै सञ्चालनमा आएका सुपथ मूल्य पसल बन्द भएका हुन्।

कैलालीमा १५ असोज देखि सुपथ मूल्य पसल सञ्चालन गरिएको थियो। स्थानीयले भने सुपथ मूल्य पसललाई चाडपर्वमा मात्र केन्द्रित नगरी अन्य समयमा पनि सञ्चालन गरिनुपर्ने माग गरेका छन्।

पसल सञ्चालनको अन्तिम दिन शनिबार पनि उपभोक्ताको बाक्लो भीड लागेको थियो। १५ असोजदेखि सञ्चालनमा आएको सुपथ मूल्य पसलबाट १ करोड रूपैयाँ भन्दा बढीको कारोबार भएको साल्ट ट्रेडिङ कर्पाेरेसन धनगढी शाखाले बताएको छ।

चाडपर्वको समयमा सुपथ मूल्य पसलबाट ४० हजार बढी उपभोक्ताले लाभ लिएका छन्। शनिबारदेखि सुपथ मूल्य पसल बन्द हुने भएपछि स्थानीयहरू सामान खरिद गर्नका लागि लामो लाइनमा बसेका देखिन्थे।

अन्य पसलमा भन्दा सस्तोमा खाद्य वस्तु उपलब्ध हुने भएकाले यो पसल चाडपर्वको समयमा मात्र नभएर सँधैका लागि सञ्चालन गरिनुपर्ने माग उनीहरूको छ।

यस वर्ष सुदूरपश्चिमको धनगढी र अत्तरियामा मात्रै सुपथ मूल्य पसल सञ्चालनमा आएको थियो। सुपथ मूल्य पसललाई अब भने स्थायी बिक्री केन्द्रका रूपमा राख्ने योजना अनुसार काम भइराखेको साल्ट ट्रेडिङ कर्पाेरेसनले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित