पलातामा राप्रपा : पलाता सरकारका ४८ आयोजनाको विवरण माग

7
SHARES
15
VIEWS

कालीकोट । सुचनाको हक लागू गर्दै पलातामा रास्टिय प्रजातन्त्र पार्टीले स्थानीय तह गठन देखि हाल सम्म गरेका कामकारबाहीमा भएका गतिबिधी सहितको ४८ वटा योजनाको विवरण माग गरेको छ । पलाता सरकारले गरेका बिकाश निर्माण देखि महोत्सव,भर्मण,गीति एल्बम देखि क्याम्पस हुँदै १५ सैयाको अस्पताल सम्मका गतिविधि सहितको विवरण माग गरेको छ । सोमबार पलाता सरकारलाई सम्बोधन गर्दै रास्टिय प्रजातन्त्र पार्टी पलाताको चलानी नम्बर ८ को पत्रमा साबिक थिर्पुका पुर्ब अध्यक्ष बिर्सिङ्ह बम र राप्रपा निकट विद्यार्थी संगठनका केन्द्रिय उपाध्यक्ष निराजन बम द्वारा हस्ताक्षर गरिएको पत्रमा ४८ आयोजनाका विवरण माग गरिएको बताइएको छ ।                                                                    यस अघि राप्रपा पलाताले अनियमितता भएको भन्दै १३ बुदे ज्ञापन पत्र सहित जिल्ला प्रशासन कार्यलय कालीकोटमा धर्ना दिनुका साथै पत्रकार सम्मेलन समेत गरिएको थियो । सोही सिलसिलामा अख्तियारमा एक दर्जन उजुरी परे पछि पलातामा अख्तियारको टोलि आएको केही समय पछि राप्रपाले एक हप्ताका लागि सबै विवरण पाउनु पर्ने यदि नपाएमा सुचना बिभागमा उजुरी दिने चेतावनी समेत दिएको छ । उक्त पत्रमा १ देखि ४८ सम्मका सबै विवरण माग गरे पछि पलाता सरकारलाइ छट्पटी सुरु भएको छ ।                                          बुदा न.४ मा पलाता कार्यदललाइ संचार सेट,बुदा नम्बर  १२ पलाता सरकार र हिमा गाउँ पालिका बिचको सडक बिस्तार ,१५ सैयाको अस्पताल,गाउँ पालिकाको आवासीय बिद्यालय,रारा भ्रमण ,नयाँ पलाता गीति एल्बम,पलाता कार्यदलको बिमा कार्यक्रम,गापाको मान्ममा लिएको घरभाडा,पलाता मह कार्यक्रम,सरस्वती माबी थिर्पको घेरबार,खाडा अग्निपिडितका लागि छुट्याएको रकम लगाएतको विवरण माग गरेको बताइएको छ । मागेको  सुचनाको विवरण क्रमश दिने गाउँ पालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित