पचालझरनामा हाइटेक नर्सरी : विरुवा उत्पादन र बृक्षारोपणमा तिव्रता

7
SHARES
15
VIEWS

कालीकोट । क्याप्स कर्नालि परियोजनाको सहयोगमा हुरुण्डेक नेपालको सहजिकरणमा संचालन गरिएको पचालझरनाको पणेक्षा स्थित हाइटेक नर्सरीमा विरुवा उत्पादनको काम धमाधम भएको छ । पचालझरना गाउँ पालिकाले गरेको व्यवस्थापन र हुरुण्डेक नेपालले लगानि गरेको हाईटेक नर्सरीमा गएको वर्ष ४० हजार विरुवा बृक्षारोपणका लागि वितरण गरिएकोमा यस वर्ष पुन विरुवा वितरणको तयारी गरिएको बताइएको छ ।

हाइटेक नर्सरी चौकीदार धनबहादुर थापा का अनुसार गएको वर्ष पलाता गाउँ पालिका र पचालझरनाका सबै वडामा वितरण गरिएको र अहिले नर्सरीमा चिउरी ३ हजार, ओखर १ हजार, सुन्तला ५ हजार,पैयु ५ हजार, बकाइनो ६ हजार कोइरल ५ सय, किमु ६ सय,खर्सु ३ सय र डालेघांस ५ हजार गरी २५ हजार विरुवा नर्सरीमा रहेको बताउनु भयो । उच्च प्रविधि सहितको हाइटेक नर्सरीमा विरुवा उत्पादन गर्ने र पचालझरनाका सबै वडामा बृक्षारोपणका लागि वितरण गर्ने गरिएको छ ।
उक्त हाइटेक नर्सरीमा दुई जना पहरेदारको लागि पचालझरना गाउँ पालिकाबाट व्यवस्थापन गरिएको जनाइएको छ । यस नर्सरीबाट विरुवा उत्पादनमा सहयोग गर्दै आएको हुरुण्डेक नेपाललाई पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले धन्यवाद दिदै खाद्य सुरक्षा अन्तरगत सिचाई,उद्योग प्रवद्धन र वन तथा बातावरणमा ठुलो देन रहेकोमा यस कार्यको निरन्तरता हुने आशा लिएको बताउनु भयो ।

हुरुण्डेक नेपालको सहजिकरणमा क्याप्स कर्नालि परियोजनाबाट पचालझरना गाउँ पालिकामा हाइटेक नर्सरी,सिचाइ,उद्यम विकासका लागि स साना उद्योगलाई सामाग्रि हस्तान्तरण गर्दै आएको हुरुण्डेक नेपाल कालीकोटका उपाध्यक्ष विरेन्द्र बहादुर बुढाले बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित