कहां भयो लगानि पलांताको खाडा बस्तिमा इन्द्रेणिको २४ लाख रकम

7
SHARES
15
VIEWS

कालीकोट । कालीकोट जिल्लाको पलांता गाउं पालिका न्यौपाने बस्तीमा आगोलागी हुंदा इन्द्रेणीका सञ्चालक कृष्ण कँडेल सहितको टिम त्यहां पुगेर दृश्यावोलकन गरेको थियो । सोही कार्यक्रमलाई हेरेर देश विदेशमा रहेका मनकारी सहयोगीहरुले पठाएको सहयोग रकम लिएर इन्द्रेणी समाजका अध्यक्ष कृष्ण कंडेल लगायत सिङ्गो टिम मिति २०७६।०१।१६ गते कालीकोट तर्फ प्रस्थान गरेको थियो । पलांता गाउं पालिकाका अध्यक्ष  लक्ष्मण वम र नरहरि गाउं पालिकाका अध्यक्ष धिर बहादुर विष्ट सहित त्यहांका जनप्रतिनिधि र सम्पुर्ण जन सहभागिताको उपस्थितीमा रु.२४ लाख उक्त गाउं पालिकाका अध्यक्ष लक्ष्मण वमलाई हस्तान्तरण गरिएको थियो । सहयोग हस्तान्तरण गर्दै इन्द्रेणी समाजका अध्यक्ष कृष्ण कंडेलले यो रकमले यहां ५ ओटा नमुना घर बनाउनको लागि सम्बन्धित पक्षलाई सुम्पिनु भएको थियो । उक्त रकम बुझ्दै गाउं पालिकाका अध्यक्षले यो अठोट पुरा गर्ने र इन्द्रेणी लगायत सम्पुणी इन्द्रेणी टिमलाई धन्यवाद दिनु भएको थियो ।

उक्त रकम कस्ले सहयोग गरेका थिए ।सहयोगी सम्पुर्ण दाताहरुको नामावली लगत निम्न लिखित छ ।

१. कालीकोट जिल्लाको पलाता गाउं पालिका खांडा न्यौपाने गाउंमा भिषण आगलागीबाट क्षति भएका जनताहरुलाई व्यवस्थापन लागि इन्द्रेणी मार्फत प्राप्त सहयोग विवरण

१ धनमाया पाख्रेल सिन्धुली लाम्पन्टा १,१००÷
२ विन्दा सुनुवार, माडी चितवन हाल कुवेतबाट रु.९,१६४÷ जसमध्ये कालीकोट पलांता वस्तीको लागि रु.५,१६४÷ र बांकी रु.४,०००÷ इन्द्रेणीको गाडीमा तेल हाल्नु होला भन्नु भएको ।
३ दुर्गा खनालको नेतृत्वमा अमेरिकाबाट प्राप्त सहयोगको विवरण यस प्रकार छ ः
(१) दुर्गा खनाल र श्रीमति सवित्रा खनाल र कान्छो छोरा मदन खनाल, भुटान चिराङ्ग काप्रे नेपाल खुदुनावारी झापा हाल न्युह्याम्सर अमेरिकाबाट १००÷१०० डलर गरी जम्मा ३०० डलर
(२) धनमाया कार्की, भुटान चिराङ्ग, नेपाल पथरीक्याम्प न्यु ह्याम्सर मेनचेष्टार अमेरिकाबाट १०० डलर
(३) श्रीमति सवित्रा खनालको बुवा डिल्लीराम बस्नेत लामिछाने आमा अजुद्व लामिछाने बस्नेत, भुटान चिराङ्ग लप्सीकोट, नेपाल बेलडांगी २ हाल अमेरिकाबो ओहायु कोलोम्बसबाट ५०÷५० डलर गरी १०० डलर
जम्मा ५०० डलरको नेपाली रुपैंया ५३,६०६÷ जसमध्ये बाग्लुङ्गको टिका देवी कार्कीको लागि रु.३०,०००÷ र रु.१८,०००÷जो बढी पिडित छ, त्यसलाई दिनु होला भन्नु भएकोले उक्त रकम कालीकोट जिल्लाको पलांतामा आगोलागी भएको गाउंलाई दिएको छौं । र बांकी रु.५,०००÷ इन्द्रेणीको गाडीमा तेल हाल्नु होला भन्नु भएको छ ।
४ आङ्गदावु शेर्पा सोलुखुम्बु भकान्जे हाल अमेरिका ५,०००÷
५ देवी ठकुरी स्याङ्गजा वालिङ्ग हाल इमाडोल काठमाण्डौ १०,०००÷
६ रुपसिंह विश्वकर्मा पाल्पा तिनाहुं ३ ज्यामिरे १,०००÷
७ डम्मर बहादुर कार्की र श्रििमत टिका पुन कार्की, म्याग्दी राखु भगवती हाल अमेरिकाको बालटिमोरबाट रु.१६,०७५÷ जसमध्ये बाग्लुङ्गकी मृगौला पिडित टिका कार्कीको लागि रु.१०,०००÷ र बांकी रु.६,०७५÷ कालीकोट पलांता वस्तीको लागि दिनु होला भन्नु भएको ।
८ उज्वल सापकोटा र श्रीमित मिना भण्डारी, पोखरा विजयपुर हाल अमेरिकाको मिजुरीबाट निधन भएका आफ्नो बुवाआमा कृष्ण सापकोटा, आमा विष्णु सापकोटा, मत्स्य कुमारी सापकोटा, विर बहादुर भण्डारी र पदम कुमारी भण्डारीको सम्झनामा रु.५४,८७४÷
९ आईत सिंह विश्वा भुटान साम्छी नेपाल बेलडांगी २ हाल अमेरिकाको न्युयोर्कबाट रु.१२,०००÷
१० २०७५÷९÷२० गते स्टुडियोमा आएर रकम हस्तान्तरण गर्नु भएका मनकारी दाताहरुको विवरण ः
(१) गायिका गिता लामाबाट रु.१०,०१०÷ (२) टिका शेर्पाबाट रु.५५५÷
(३) शर्मिला लामाबाट रु.५०५÷ (४) सिता रिमालबाट रु.५०५÷
(५) सविना लुङ्गेली मगरबाट रु.५०५÷ (६) रिना वम, डडेलधुरा रु.५१०÷

इन्द्रेणि समाजको सहयोगबाट ५/५ लाख गरी कुल १० लाख बराबरमा २ घर निर्माण भएका छन । ति पनि मापदण्ड विपरित रहेको स्थानियले बताएका छन । खाडा वस्ति निर्माणका लागि कर्नालि प्रदेश सरकारका साथै देश विदेशबाट आएको सहयोग समेत घरनिर्माणमा भने अनुसारको रकम नपाएको र लत्ता कपडाको भारीहरु पलांता गाउँ पालिकाको थिर्पुमा राखेर अग्निपिडितले भन्दा पनि मनोमानि अध्यक्ष लक्ष्मण बमका आसेपासेले प्रयोग गरेको जनगुनासो आएको थियो । पलांता गाउँ पालिकाका अध्यक्ष लक्ष्मण बमलाई नेकपा कालीकोटले गरेको अनुशासनको कार्वाहीमा गठित छानविन समितिले इनद्रेणि समाजबाट आएको रकमले २ घर सामान्य तरिकाले बनेको प्रतिवेदनम उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित