रास्कोटमा पशु स्वस्थ्य शिविरबाट सात सय पशुपन्छिलाई उपचार

7
SHARES
15
VIEWS

कालीकोट । रास्कोट नगरपालिकामा १ दिने शिविरबाट सात सय पशु पन्छिको उपचार गरिएको छ ।

पशु अस्पताल तथा पशु सेवा कार्यालयको स्वीकृत कार्यक्रम अनुसार सहास नेपाल सह आयोजनामा राष्कोट नगरपालिकाको वडा न. २मा संचालन गरिएको शिविरमा २ सय घुधुरीका सात सय पशु पन्छिलाई उपचार गरिएको पशु अस्पताल तथा जिल्ला पशु सेवा कार्यालय कालीकोटका प्राविधिक प्रकाश पाण्डेले बताएका छन ।

उक्त शिविरमा रास्कोट नगरपालिकाकी उप प्रमुख मिमसरा बम को प्रमुख आतिथ्यता तथा वडा न.२का वडा अध्यक्ष दयाराम सिम्खाडा को विशेष आतिथ्यता र पशु पंन्छि बिकास निर्देशनालयका पशु चिकित्सक लोकेन्द्र न्यौपानेको विशेष अतिथ्यतामा सम्पन्न भएको हो । गाउँमा पशु चौपायाको उपचार गर्न पाउदा स्थानिय खुशि भएका छन ।

रास्कोट नगरपालिका र सान्नित्रिवेणि गाउँ पालिकामा सहास नेपालले विभिन्न कार्यक्रम गर्दै आएको छ ।

# तस्विर :प्रकाश पाण्डेको फेसबुक वालबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित