युद्ध पत्रकार रावल सम्मानित

7
SHARES
15
VIEWS

कालीकोट । जनयुद्धका युद्ध पत्रकार मिम बहादुर रावल(रमेश)लाई दोस्रो पटक सुर्खेतमा सम्मानित भएका छन । सुर्खेत स्थित आदर्श ग्रामिण बहुउद्देश्यीय सहकारी संस्था लि.ले सहकारी पत्रकारितामा सम्मान गरेको हो ।

उक्त सहकारीले सहकारी अगुवा सहित अन्य क्षेत्रका सरोकारवाला निकायहरुले संस्थामा योगदान दिएका व्यक्तित्वहरुलाई सम्मान गरेको हो । सम्मानित रावल नयां पत्रिका दैनिक र शिलापत्र डटकममा कार्यरत रहदै आउनु भएको । यस अघि रावल जिल्ला विकास समिति कार्यालय कालीकोटबाट सम्मानित समेत भइसकेका छन ।

तत्कालिन नेकपा(माओवादी)ले थालेको जनयुद्धका क्रममा सैन्य क्षेत्रमा कार्यरत रहेर युद्ध भुमिबाट युद्ध पत्रकारिता शुरु गरेका थिए । जनमुक्ति सेनाले गरेका तत्कालिन ठुला ठुला सैन्य आक्रमणमा प्रत्यक्ष सहभागि भएर जनादेश लगाएतका पत्र पत्रिकामा रिर्पाेटिंग गर्दै आएका थिए ।

यस अघि रेडियो गणतन्त्र आवाज एफएम,सुदुर सन्देश,रातो पाटी डट कम,हाम्रो कर्नालि खवर दैनिक, थाहा खबर डट कम,जनदिशा दैनिक लगाएत डेढ दर्जन पत्र पत्रिकाहरुमा काम गर्दै आएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित