भौरा स्मृति खोप केन्द्रको अध्यक्ष सेजुवाल द्वारा उद्घाटन

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरनाको भौने लेकगाउमा निर्माण गरिएको भौरा स्मृति खोप केन्द्रको पचालझरना गाउँ अध्यक्ष खडगराज सेजुवालले बुधबार उद्घाटन गर्नु भएको छ ।

पचालझरना गाउँ पालिका को २ भौने लेकगाउ (साबिकको  बदालकोट गाबिस को वार्ड नम्बर ९ भौने)मा निर्माण भएको भवनको उद्घाटन गर्दै अध्यक्ष सेजुवालले बिकट मानिएको भौने लेक गाउँमा अब स्वास्थ्य सेवाको कमि नहुने बताउदै स्थायी दरबन्दी ब्यबस्थापन गर्ने बताउनु भएको छ ।

लामो समय देखि स्थायी बसोबास गर्दै आएका समुदायका लागि स्थायी भवन सङ्गै खोप केन्द्रका लागि सहज भएको स्थानीयले बताए । यो सङ्गै पचालझरना गाउँ पालिकाका सबै वडा तथा टोलमा स्वास्थ्य इकाइ तथा खोप केन्द्र निर्माण गरिएको गाउँ पालिकाले जनाएका छ ।भवन निर्माणमा सहयोग पुगाउने वडा नम्बर १ सिकुका अध्यक्ष रत्नालाल न्यौपाने,बदालकोट स्वास्थ्य चौकी सिकुका अहेब धर्मराज न्यौपाने लगाएतका प्रतिनिधिहरुले सम्बोधन गरेका थिए ।

उक्त खोप केन्द्र परिचालन समितिका संयोजक तथा वर्डा नम्बर २ का वर्डा अध्यक्ष करबिर बिकले उपचार नपाएर मृत्यु भएकी भौरा ऐडिको सम्झनामा नाम राखिएको बताउदै यस्का लागि सहयोग गर्ने पचालझरना गाउँ पालिका को रु तीन लाख , नेपाल रेडक्रस सोसाइटी कालिकोटको रु  १४ लाख  २ हजार २ सय ६३ र जनश्रमदान रु २ लाख १९  हजार ३ सय ७५मा २ कोठे भवन सहित सौचालयको निर्माण गरिएको बताइएको छ ।

भवन निर्माण का लागि  देउराम ऐडिले जग्गादान गरेका थिय भने निर्माण सम्पन्न गर्न  बर्म ऐडि को अध्यक्षतामा समिती बनेको थियो  उक्त भवन डेढ महिना भित्र सम्पन्न गरेका हुन ।

अहिले गाउँ पालिकाका सबै वडामा स्वास्थमा कठिनाइ नहुने बताउदै पचालझरनाको जारकोटमा ५ सैयाको अस्पताल बन्ने भएको छ । गाउँ पालिकाले असहज अवस्था आउन नदिन एम्बुलेन्स समेत संचालन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित