रास्कोटका नेकपाका दुई हस्तिको निधन

7
SHARES
15
VIEWS

कालीकोट । रास्कोटका दुई जना समाजसेवि एवंम नेकपाका नेताको निधन भएको छ ।

बुधबार नेकपाका नेता तथा कैलालि जिल्ला टिकापुर नगरपालिकाका प्रमुख तथा रास्कोट ५ निवासि रत्न प्रसाद संज्यालको काठमाडौंमा वि एण्ड वि अस्पतालमा उपचारका क्रममा निधन भएको छ भने रास्कोट समाज अन्याय अत्याचारका विरुद्ध लड्ने पर्छ भन्ने जनयुद्धका शाहसिक कमाण्डरको हृदयघातका कारण मृत्यु भएको छ । त्यसै गरी रास्कोट नगरपालिका वडा न. ४ निवासि नेकपा रास्कोट नगरकमिटि सदस्य तथा वडा न. ४का वडा कमिटि अध्यक्ष ऐन बहादुर शाही(लेखक)को असामयिकन निधन भएको छ । उनको हृदयघातका कारण मृत्यु भएको आफन्तले बताएका छन । दुवै जनाको मृत्युले सिंगो नेकपा र रास्कोटलाई अपुरणिय क्षेति पुगेका बताइएको छ ।

नेकपा रास्कोट नगरकमिटिका अध्यक्ष धर्मराज शाही (पोषण)ले कैलालि जिल्लामा टिक पुर नगरपालिकाका पूर्व मेयर रत्न प्रसाद संज्याल र लेखकको निधनले ठुलो क्षति पुगेको बताए ।मृतक ऐन बहादुर शाही(लेखक)को आज रास्कोटको शान्तिघाटमा पार्टीको झण्डा ओढाएर दाहसंस्कार गरिएको अध्यक्ष शाहीले बताएका छन ।

हृदय घातका कारण निधन भएका ऐन बहादुर शाही जनयुद्धका क्रममा सहभागि भई पार्टी क्रान्तिका लागि ठुलो देन रहेको उनका सहकर्मिहरुले बताएका छन ।

रास्कोट नगरपालिकाका प्रमुख काशिचन्द्र बरालले पूर्व मेयर रत्न प्रसाद बराल र रास्कोट नगरकमिटि सदस्य लेखकको निधनले रास्कोट नगरलाई ठुलो क्षेति पुगको बताउदै मृतक प्रति श्रदाञ्जलि व्यक्त गर्दै परिवारजनमा धैर्यधारण सहित समबेदना व्यक्त गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित