सरकारको ६ महिनामा २८ प्रतिशत मात्र बजेट खर्च

7
SHARES
15
VIEWS

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महनिामा २८ प्रतिशतमात्र बजेट खर्च भएको छ । महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार चालु आवका लागि विनियोजना गरिएको १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँमध्ये ४ खर्ब १५ अर्ब ७४ करोड रुपैयाँमात्र खर्च भएको हो ।

बजेट खर्च चालुतर्फ लक्ष्यको ३६ प्रतिशत भएको छ भने पुँजीगततर्फको अवस्था नाजुक छ । हालसम्म लक्ष्यको १४.४ प्रतिशतमात्र पुँजीगत खर्च भएको छ । वित्तीय व्यवस्थातर्फ लक्ष्यको १३ प्रतिशत खर्च भएको छ ।

बजेट खर्च मात्र नभएर राजस्व संकलन पनि लक्ष्यभन्दा निकै पर छ । ६ महिना बित्दा ४१.७ प्रतिशत राजस्व संकलन भएको तथ्यांक महालेखाको छ । चालु आवमा १० खर्ब ११ अर्ब ७५ करोड रुपैयाँ राजस्व उठाउने सरकारको लक्ष्य भएकामा हालसम्म चार खर्ब २२ अर्ब २३ करोड उठेको छ । त्यसमध्ये कर राजस्व लक्ष्यको ४२.३ प्रतिशत उठेको छ भने गैरकर ३६.१ प्रतिशत उठेको हो ।

पुस मसान्तसम्म ४ खर्ब ७५ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने सरकारको लक्ष्य थियो । पुससम्म उठेको राजस्व अर्धवार्षिक  लक्ष्यको ८८ प्रतिशत मात्र हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित