थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको काम शुरु

7
SHARES
15
VIEWS

काठमाडौं । थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको काठमाडौं तर्फको काम आजदेखि शुरु हुने भएको छ ।

आजदेखि काठमाडौंतर्फबाट काम शुरु गर्न लागिएको सुरुङमार्ग निर्माणको जिम्मा पाएको निर्माण कम्पनी हाज्मा आन्दो कर्पोरेसनले जनाएको छ । यो सुरुङ मार्गको कुल लम्बाई २.७ किलोमिटर छ ।

त्यसमध्ये एक किलोमिटर चालू आर्थिक वर्षमा निर्माण गर्ने लक्ष्य छ । सुरुङ मार्ग निर्माणका लागि हिजो बिहीबार विशेष पूजाआजा गरिएको थियो । धादिङतर्फको (सिस्नेखोलामा) सुरुङ खन्ने काम भने पुस ८ गतेदेखि नै सुरु भइसकेको छ ।

हाल धादिङतर्फ २३ मिटर सुरुङ तयार भइसकेको छ । सुरुङको काठमाडौंतर्फको मुख चन्द्रागिरि नगरपालिकाको टुटीपाखामा पर्छ भने धादिङतर्फको मुख धुनीबेँसी नगरपालिकाको सिस्नेखोलामा पर्छ । निर्माण कम्पनीले २४ घण्टाकै तालिका बनाएर दुई ‘सिफ्ट’ मा काम गर्ने तयारी गरेको बताइएको छ ।

थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओलीले ४ कात्तिक २०७६ मा गरेका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित