निर्वाचनका लागि एक लाख म्यादी प्रहरी भर्नाको तयारी

7
SHARES
15
VIEWS

काठमाडौं। नेपाल प्रहरीले आगामी बैशाखमा गर्ने घोषणा गरिएको प्रतिनिधि सभा निर्वाचनका लागि करिब १ लाख म्यादी प्रहरी भर्ना गर्ने गरी तयारी गरेको छ । प्रहरीले आगामी १७ र २७ बैशाखमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि करिब १ लाख म्यादी प्रहरीको भर्ना आहवानको तयारी गरिरहेको हो ।

नेपाल प्रहरी उच्च स्रोतका अनुसार आगामी निर्वाचनका लागि ९९ हजारमा केही संख्या थप हुने गरी म्यादी प्रहरी आवश्यक पर्ने निश्कर्ष सहित भर्नाको तयारी भइरहेको छ । प्रहरीले सकेसम्म संसद विघटनको मुद्दालाई सर्वोच्च अदालतले टुंगो लगाएपछि मात्रै भर्ना आहवान गर्ने गरी छलफल गरिरहेको छ । ‘संख्याका विषयमा लगभग टुंगो लागिसक्यो, ९९ हजारमा केही बढ्ने र एक लाख ननाघ्ने गरी म्यादी प्रहरी भर्ना आहवान गर्ने गरी प्रारम्भिक खाका बनेको छ, तर सर्वोच्चले संसद विघटनको मुद्दामा फैसला गरेपछि मात्रै भर्ना आह्वान होला,’ प्रहरी उच्च स्रोतले जानकारी दिएको छ ।।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले फागुनको १५ देखि २० गतेसम्ममा भर्ना गर्ने गरी तयारी भइरहेको जानकारी दिए ।
‘निर्वाचनको पचास दिन अघिसम्म भर्ना गर्दा पनि तालिम दिएर निर्वाचनका लागि म्यादी प्रहरीलाई तयार बनाउन सकिन्छ, त्यसकारण फागुनको १५ देखि २० गतेसम्मा भर्ना आहवान गर्ने गरी तयारी भइरहेको छ,’ केन्द्रीय प्रहरी प्रवक्ता कुँवरले भने ।

नेपाल प्रहरीले गत २०७४ सालको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि प्रहरी संगठनमा रहेको फौजबाट मात्रै सुरक्षामा जनशक्ति कमी हुने भन्दै ९८ हजार २ सय ६८ म्यादी प्रहरी भर्ना गरेको थियो । त्यसबखत भर्ना आह्वान गर्दा साधारण लेखपढ गर्न जान्ने, शारीरिक रूपमा तन्दुरुस्त, कुनै दलको सदस्य नभएको र कुनै फौजदारी अभियोग नलागेको १८ देखि ५४ वर्ष उमेरबीचका व्यक्ति म्यादी प्रहरीका लागि योग्य मानिएको थियो भने मासिक १७ हजार २ सय ३० रुपैयाँ म्यादी प्रहरीको तलब निर्धारण गरिएको थियो ।

म्यादी प्रहरीका लागि भर्ना आहवान गर्दा अवकाशप्राप्त सुरक्षाकर्मी, विगतमा म्यादी प्रहरीका रुपमा काम गरेका तथा गार्डका रुपमा काम गरेकालाई भर्नामा प्राथमिकता दिइने गरिएको छ । भर्ना आह्वानपछि छनोट भएका म्यादी प्रहरीलाई तलब बाहेक पोशाक र प्रहरी जवानको बराबर खाजा खर्च समेत दिइने छ भने उनीहरुको कार्यावधि पनि निर्धारित समयको हुनेछ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित