चितवनमा बस र ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

7
SHARES
15
VIEWS

भरतपुर । चितवनको राप्ती नगरपालिका–५ कालिका पेट्रोलपम्प नजिक बस र ट्रक एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ ।

मंगलबार राति भएको दुर्घटनामा मृत्यु हुनेमा खोटाङका ४५ वर्षीय चन्द्रबहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले काठमाडौंबाट काँकडभिट्टातर्फ गइरहेको ना ७ ख २१११ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ना ६ ख ४२८१ नम्बरको ट्रक एकापसमा ठक्कर खाँदा दुर्घटना भएको जानकारी दिए ।

दुर्घटनामा बसका सह–चालक रौतहट चपुर–४ बस्ने ४९ वर्षीय विनोद शर्मा सङ्ग्रौला र ट्रकका सह–चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका–२३ का सुनिलकुमार साह घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित