पचालझरनामा खेलकुद छनोट प्रतियोगिताको अध्यक्ष सेजुवाल द्धारा उद्घाटन

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकामा हुने महिला तथा पुरुष भलिवलका लागि खेलाडी छनोट प्रतियोगिता शुरु भएको छ ।

पचालझरना गाउँ पालिकाको जारकोटमा वडा न. १ देखि ९ सम्मका खेलाडीहरुको उपस्थितिमा छनोट प्रतियोगिता शुरु भएको छ ।

उक्त खेलाडी छनोट कार्यक्रमको पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले उद्घाटन गर्दै खेलाडीहरुले पचालझरनाको शिर ठाडो पार्ने काम गर्दै आएको र भावि दिनमा समेत अझै अग्रसर हुने गरी खेलाडीहरुले लागि पर्नु पर्ने बेला आएको बताउनु भएको छ ।

पचालझरनाका खेलाडीहरुले जिल्ला भित्रका खेलकुदमा भाग लिएर राम्रो हात पारेको स्मरण गर्दै त्यो गतिलाई निरन्तरता दिन समेत अनुरोध गुर्न भएको बताइएको छ । यस अघि पचालझरना गाउँ पालिकामा पचालझरना अध्यक्ष कप आयोजना गर्दै सबै भन्दा ठुलो राशिको पुरुस्कारको समेत व्यवस्था गरिएको थियो ।

अहिले भने वडा स्तरिय महिला तथा पुरुष भलिवलको आयोजना गर्न लागिएको शिक्षा तथा खेलकुद शाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित