कालीकोटको पलांतामा लक डाउन उलंघनमा होडबाजि

7
SHARES
15
VIEWS

कालीकोट/जेष्ठ, विश्वभर फैलिएको कोरोना भाईरसका कारण नेपाल अहिले उच्च जोखिममा रहेको छ । त्यहि सिलसिलामा पुरै देश बन्दाबन्दि रहेको अवस्थामा कालीकोटको पलांतामा भने लक डाउनको उलंघन भएको छ ।

पलांता सरकारले लक डाउनको पूर्ण पालनालाई वेवास्ता गर्दै दवाव दिनका लागि गरिएको इलाका प्रहरी घेराउले समस्या आएको स्थानियले बताएका छन । प्रहरीका अगाडी लक डाउनको उलंघन हुनुले स्थानिय सशंकित भएका छन । एक स्थानियले भने कतै घरबाट बाहिर निक्लेपछि प्रहरीको लाठि खानु पर्ने कतै ठुलो मान्छको हुल जम्मा भएपनि स्वभाविक हुनुले यसको रहस्या बखुल्न सकेको छैन ।

पलांता गाउँ पालिकाका अध्यक्ष लक्ष्मण बम संग स्थानिय विचको झडप पछि जिल्ला प्रहरी कार्यालय कालीकोटमा मुद्धा दर्ता नभएपछि दवावका लागि मंगलवार इलाका प्रहरी कार्यालय थिर्पुमा स्थानियले घेराउ गरेका थिए । सोही क्रममा लक डाउनको पूर्ण उलंघन भएको स्थानियले बताएका हुन । यस अघि पलांता गाउँ पालिकामा जिल्ला बाहिर रहेका समुदायको गाउँ पालिकामा भित्रिने क्रममा क्वारेन्टाइनमा नराखेर घर पठाइएकोमा चिन्तित देखिएका स्थानियहरु अहिले ठुला जमघट हुनुले झन त्रसित भएका छन । यस राडुनेटामा भएको झडपमा पनि ठुलै संख्यामा भेला एको थिए । अहिले दुई जना भन्दा बढिलाई जमघट हुन नदिने सरकारले पलांतामा किन त्यसो भएको हो खुल्न सकेको छैन ।
यता जिल्लामा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) कालीकोटले दुई जना(विष्णु रोकाया र मानबहादुर भण्डारी)लाई निलम्बन गरेर अनुसन्धानका लागि टोलि बनाएको ठिक भोलि पल्ट जिल्ला प्रहरी कार्यालय कालीकोटले मुद्धा दर्ता गरी नियन्त्रण लिएको विषयले झन संका पैदा भएको छ । कर्णालि प्रदेश सरकारका मुख्य मन्त्रि संग जिल्लाका नेताहरुले गरेको सल्लाह अनुसार अगाडी बढेको भएपनि एकाएक मुद्धा दर्ता भई प्रहरीले नियन्त्रण लिनुले जिल्लामा ठुलो चर्चाको विषय बनेको छ । एक नेपाल कम्युनिष्ट पार्टी(नेकपा) कालीकोटका नेताका अनुसार कानुनि प्रक्रियामा अगाडी बढ्ने हो भने कार्वाही नहुनु पर्ने हो । तर यसलाई रहस्यामय तरिकाले योजना बद्ध फसाउने रणनिति भएको विश्लेषण गरिएको छ । उनले भने पहिलो दिन मुख्य मन्त्रिले मुद्धा दर्ता नगर्ने भनेर निर्देशन दिनु र भोलि पल्ट सुर्खेतमा विरामीलाई भेट्न पुगेका मुख्य मन्त्रि महेन्द बहादुर शाहीकै निर्देशनमा मुद्धा दर्ता हुन गएको बताए ।

जिल्लामा राजनैतिक समस्या भएको र मिलाउन पहल गरिएको भएपनि एका एक मुद्धा दर्ता हुनुले समस्या आएको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) कालीकोटका अध्यक्ष धनजित शाहीले आवश्यक प्रक्रिया पुरा गर्ने बताउनु भएको छ । पलांताका गाउँ गाउँमा भष्टचारी नेता चाहिदैन,नेता थुन्न पाइदैन ,झट्ठा मुद्धा खारेज गर लगाएतका नारा लगाउदै धोलागोह र खिनका वडा कार्यालयमा आज नारा जुलुसका साथ घेराबन्दि भइरहेको शिवराज न्यौपानेले बताएका छन ।

त्यहि सिको गर्दै विष्णु रोकाया तथा मान बहादुर भण्डारीको पक्षहरुले कालोझण्डा सहित नारावाजि गर्दै सबै वडा कार्यालय घेराउ गरेको बताएको छ ।उनिहरुले हाम्रो नेतालाई योजनाबद्ध जेल हालेर गलत गरेको बताएका छन । धौलागोह,खिनका सबै वडाहरुमा नारा जुलुस सहतिको आन्दोलन शुरु भएको स्थानियले बताएका छन । स्थानियका अनुसार प्रत्येक वडामा ज्ञापन पत्र बुझाउने,तालाबन्दि गर्ने र पालिकामा घेराउन गर्ने बताए ।

त्यसका सम्बन्धमा पलांता गाउँ पालिका अध्यक्ष लक्ष्मण बमले आफु विरुद्ध आन्दोलन शुरु हुन थाले पछि भोलि देखि लक डाउनको पूर्ण पालन गर्दै गाउँ पालिकाका सबै वडाहरुमा सिल गर्ने सामाजिक संजालमा लेखेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित