कालीकोट । कर्नालि प्रदेशका मुख्यमन्त्रि महेन्द्र बहादुर शाही द्धारा कालीकोटमा रहेको जिर्ण कारागारको अनुगमन गर्नु भएको छ ।
पार्टी र सरकारका कामको सिल सिलामा कालीकोट आइपुग्नु भएका मुख्यमन्त्रि शाहीले शनिबार विहान कारागार कालीकोटको अनुगमन र कैदी बन्दि संग भेटघाट गर्नु भएको हो । कारागारको अनुगमनमका क्रममा कारागारको अवस्था र कैदी बन्दिका अवस्थाका बारेमा बुझ विस्तार गर्नु भएको बताइएको छ ।
कैदी बन्दिहरुले कारागार आफुहरु माथि आइपरेका समस्याहरु मुख्यमन्त्रि समक्षा राखेको बताइएको छ । त्यसै गरी कारागार प्रशासन संग पनि छलफल भएको र जिर्ण भवनलाई मर्मतका लागि व्यवस्थापन गर्न आश्वासन दिनु भएको छ ।
कारागार अनुगमनका क्रममा कर्नालि प्रदेश सभाका सचेतक तथा सांसद कुर्मराज शाही लगाएतका नेताहरुको उपस्थिति रहेको थियो
Discussion about this post