जनयुद्ध र संघियताले महिलाको अधिकार पाउने अवस्था आएको हो –मुख्यमन्त्रि शाही

7
SHARES
15
VIEWS

कालीकोट । नेकपाका केन्द्रिय सदस्य तथा कर्नालि प्रदेशका मुख्यमन्त्रि महेन्द्र बहादुर शाहीले महिलाहरुको अधिकार पाउनका लागि जनयुद्ध र लोकतान्त्रिक संघियता पहिलो अस्त्र भएको बताउनु भएको छ ।

अखिल नेपाल महिला संघ(अनेमसंघ) कालीकोटको भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै मुख्यमन्त्रि शाहीले महिलाहरुले पार्टीको काम र जिम्मेवारी पुरा गर्नु पर्नेमा जोड दिनु भएको छ । त्यसै गरी कार्यक्रममा बोल्दै अनेमसंघका केन्द्रिय नेता तथा कर्नालि प्रदेश सरकारका प्रवक्ता एवंम भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रि तथा कार्यक्रमको प्रमुख अतिथि विमला केसीले अहिलेको केपि सरकारले असंबैधानिक कदम चालेका कारण देश संकटमा परेकाले सबै महिलाहरुले आन्दोलनमा उत्रिनु परेको बताउनु भएको छ ।

कार्यक्रममा उपस्थित महिलाहरुलाई पार्टीले महिलाका अधिकारका विषयमा सहि ढंगले सम्बोधन गर्दै विशेष अधिकारका लागि आफुहरुले आवाज उठाउदै आएको बताउनु भएको छ ।
जिल्ला समन्वय समितिको सभाहलमा शुरु भएको भेला तथा प्रशिक्षण कार्यक्रमका अन्य अतिथिहरुले भेलाको शुभकामना मन्तव्य दिएको बताइएको छ ।

भेलाले प्रतिगमन विरुद्ध एक हजार पांच सय एक सदस्य संघर्ष समिति समेत गठन गरेर टोल टोलमा केपि ओलिले चालेका असंबैधानिक कदमका विरुद्ध आन्दोलन गर्ने निणर्य गरेको अनेमसंघका केन्द्रिय सदस्य अल्किना बमले बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित