पृष्ठभुमि :
नेपालि कम्यनिष्ट आन्दोलनको इतिहांसमा स्थापना काल देखि हाल सम्म आउंदा टुटफुट र विभाजन नयां नौले भने होइन । एकता रुपान्तरण र वर्ग संघर्ष एक पछि अर्काे विकास भएको पक्कै हो । कसैले क्रान्तिकारी तप्काबाट त कसैले संसदिय पुंजिवादी व्यवस्थाको उपयोग ?विभिन्न धरातलिय यर्थातलाई हेर्दा एकता भन्दा विभाजनको इतिहांस कम्यनिष्ट आन्दोलनमा पाइन्छ । तत्कालिन नेकपा(एमाल) हुंदै नेकपा(माले) होस या तत्कालिन नेकपा माओवादी केन्द्र हुंदै नेकपा —माओवादी जे भएपनि विभाजनले रोजे कै कम्यनिष्ट पार्टीको अवस्था पाइन्छ । तर लामो समयको इतिहांसमा एकता भनेको दुई ठुला राजनैतिक दलमा जोड र कोणको विशिष्ट परिस्थितिले एकतामा पुगाउन सफल भएको तत्कालिन नेकपा(एमाले) र नेकपा(माओवाद केन्द) हुन ।
“२०७५ जेठ ३ गते एमाले र माओवादीबीच पार्टी एकताको घोषणा भयो। ४४१ सदस्यीय एकीकृत केन्द्रीय समिति बनाइयो। त्यसपछि पार्टी एकतालाई तल्लो तहसम्म सम्पन्न गर्न विभिन्न समिति र कार्यदल बने। २०७६ वैशाख ९ गतेसम्म आइपुग्दा दुवै पार्टीको एकता अन्तिम चरणमा पुगेको हो ।”
दुई ठुला कम्यनिष्ट पार्टी एकिकरण भएको र सोही अनुसार बास्तविक एकताको सन्देश जनस्तरमा नपुग्दै विभाजनमा हुन पुग्यो । जसको कारण नेताहरुमा भएको व्यक्तिवादी चरित्र र आफुले कसरी अघि बढ्ने भन्ने नै रहेको पाइन्छ । पार्टी विभाजन हुनुमा प्राविधिक कुरा नै पहिलो भएको पाइन्छ । पार्टी निति विधि र पद्धतिको जे जति कुरा गरेपनि व्यक्तिको व्यवहार र आदत परिवर्तनको प्रश्न पहिलो हो ।पार्टी एकताका लागि तत्कालिन नेकपा(एमाले ) र नेकपा(माओवादीकेन्द्र)बीच २०७४ असोज १७ गते चामत्कारिक रुपमा गठबन्धन भयो। संघीय निर्वाचनमा दुवै पार्टी संयुक्त उम्मेदवार र घोषणापत्र बनाएर अघि बढे। २०७४ मंसीर १० र २१ मा सम्पन्न निर्वाचनमा वामपन्थी दलले झण्डै २ तिहाई जनमत हासिल गरे। त्यसपछि २०७४ फागुनमा केपी शर्मा ओलीको नेतृत्वमा वामपन्थी सरकार बन्यो।
२०७५ जेठ ३ गते एमाले र माओवादीबीच पार्टी एकताको घोषणा भयो। ४४१ सदस्यीय एकीकृत केन्द्रीय समिति बनाइयो। त्यसपछि पार्टी एकतालाई तल्लो तहसम्म सम्पन्न गर्न विभिन्न समिति र कार्यदल बने। २०७६ वैशाख ९ गतेसम्म आइपुग्दा दुवै पार्टीको एकता अन्तिम चरणमा पुगेको हो ।
पार्टी एकता संगै विभिन्न भातृ संगठनको एकता नहुंदै पार्टी विभाजनको संघारमा आइपुगेको छ । विशेष गरी अहिले पार्टी विघटनको दोष कसैले लिन चाहेको देखिदैन केवल आफु पानि माथिको ओभानो कसरी बन्ने र केपि ओलि या प्रचण्ड पक्षले पार्टी विभाजनको जिम्मा लिने छाटकांट देखिदैन । प्रचण्ड,माधव पक्षले केपि ओलिको पार्टी निति र विधिमा नचलेको आरोप लगाएका छन भने केपि ओलिले पार्टीले सरकार संचालनमा कुनै पनि सहयोग नगरेर चिमोट्ने काम गरेको आरोप लगाइ रहेका छन । सोही कारण आफुले संसद विघटन गर्नु परेको जिकिर गर्दै आएका छन । तर यसको शुरुवातका हिसावले अन्या पाटा पक्ष पनि होलन ।
कर्नालि प्रदेशबाट यामलालले गरेका हुन पार्टी विभाजनको शुरुवात :
नेपाल कम्यनिष्ट पार्टी(नेकपा)को विभाजनको भनेकै यामलाल कर्णेल हुन । नेकपाका कर्नालि प्रदेश सह इन्चार्ज समेत हुन । पटक पटक केन्द्रिय राजनैतिकमा सहभागि भएका तत्कालिन पूर्व एमालेबाट मुख्यमन्त्रिका लागि केन्द्रिय राजनिति भन्दा पनि मुख्यमन्त्रि हुने उद्देश्य सहित प्रदेश सभाका लागि निर्वाचनमा भाग लिएका थिए । पार्टीले ६ वटा प्रदेश मध्ये ४ वटामा पूर्व एमाले र २ वटा प्रदेशमा पूर्व माओवादीलाई भागबण्डामा कर्नालि र सुदुर पश्चिम प्रदेशको जिम्मा पूर्व एमालले नपाउदा खेरी असन्तष्ट रहदै आएका थिए ।
“अहिले पार्टी विभाजन देखि बालवाटारको कुर्चि पनि यामलाल कर्णेलले हल्लिएको छ भने देशले प्रगिमन तिर धकेलिनु परेको छ । नेकपाको विभाजनको जरो क.यामलाल कर्णेलले शुरुवात गरेको पार्टी निति विपरित र देशलाई खाडलमा हाल्ने कदम विर्सिएको छ । । पार्टी विभाजनका लागि आगो झोस्ने नेताका रुपमा यामलाललाई लिन सकिन्छ।”
प्रदेश कमिटिको बैठक बहिस्कार देखि विभिन्न हतकण्डा अपनाएका उनले अन्तत असोज अन्तिम साता पूर्व एमालेबाट १५ जना र पूर्व माओवादी ३ गरी १८ जना प्रदेश सांसदको हस्ताक्षर सहित कर्नालि प्रदेशका मुख्यमन्त्रि महेन्द्र बहादुर शाही विरुद्ध अविश्वासको प्रस्ताव ल्याए । यामलाल कर्णेलले चालेको त्यो कदमको रक्षा गर्दै केपि ओलिले एक निर्देशन र प्रचण्डले अर्काे निर्देशनबाट चिसिएको नेकपाको विवाद उत्कर्षमा पुगेको हो ।
अहिले पार्टी विभाजन देखि बालवाटारको कुर्चि पनि यामलाल कर्णेलले हल्लिएको छ भने देशले प्रगिमन तिर धकेलिनु परेको छ । नेकपाको विभाजनको जरो क.यामलाल कर्णेलले शुरुवात गरेको पार्टी निति विपरित र देशलाई खाडलमा हाल्ने कदम विर्सिएको छ । । पार्टी विभाजनका लागि आगो झोस्ने नेताका रुपमा यामलाललाई लिन सकिन्छि ।
यो अवस्थामा ल्याइ पुगाउने जरो हिजो आज विर्सिएको छ । केपि ओलिका कारण देश प्रतिगमनमा नभई यामलालका कारण गएको हो । पार्टी नेतृत्वले तत्कालिन अवस्थामा ध्यान नपुगाएको भने पक्कै हो। उक्त समस्यालाई सानो सम्झेर भएको ठुलो रुप हो ।यदि समयमै निकास निकाल्नका लागि कि त यामलाललाई कार्वाही भएको भए यस्तो अवस्था आउने थिएन कि ?
अर्काे तरिकाले भन्ने हो भने यदि यामलाल कर्णेलले उठाएको माग सहि हो भन्नेहरुले कर्नालि प्रदेशका मुख्यमन्त्रि महेन्द्र बहादुर शाहीको कुर्चि बचाउन खोज्दाको अवस्थाले गर्दा पार्टी,सरकार र जनसरोकारका विषय ओझेलमा परेका छन ।
७१ वर्षे नेपालि कम्युनिष्ट इतिहांसमा दुई तिहाई बहुमत भएको कम्युनष्टि सरकारले स्थायि सरकार संचालन गर्न पाउनु,प्रदेश सरका र स्थानिय सरकारमा कम्युनिष्टको बाहुल्यता हुनु गर्वको कुरा हो । अवसर हो र जनताले आशा र अपेक्षा गरे अनुसारको सत्ता संचालन र नेपालि जनताको हितमा हुने आशा जगाएको थियो ।
“यो अवस्थामा ल्याइ पुगाउने जरो हिजो आज विर्सिएको छ । केपि ओलिका कारण देश प्रतिगमनमा नभई यामलालका कारण गएको हो । पार्टी नेतृत्वले तत्कालिन अवस्थामा ध्यान नपुगाएको भने पक्कै हो। उक्त समस्यालाई सानो सम्झेर भएको ठुलो रुप हो ।यदि समयमै निकास निकाल्नका लागि कि त यामलाललाई कार्वाही भएको भए यस्तो अवस्था आउने थिएन कि ?”
क. माओका इतिहास दुई पटक दोहोरिन्छ, एक पटक हास्यास्पद र एक पटक दुखान्तमय भन्ने भनाई आज सिद्ध भएको छ । लोकतान्त्रिक संविधान,संघियता र धर्मनिरपेक्ष राष्ट बनाउनकै लागि भएको दश वर्षे जनयुद्ध र त्यसको जगमा भएको २०६२।०६३को जनआन्दोलनको रक्षा गर्नुको सांटो हास्यास्पद र दुखान्तमय तरिकाले प्रतिगमन भएको छ । केवल सत्ता लुघाचुडी र व्यक्तिगत स्वार्थकै लागि भएको पुष्टि हुन थालेको छ । नेताहरुको स्वार्थ पुरा नहुंदा कसैले देश खाल्डोमा हाल्ने दाउ र कसैले सच्चा देश भक्त बन्न खोज्नु दुबै मुर्खता पूर्ण व्यवहार हो । जनताले त्यो कुरा पक्कै बुझेका छन । त्यसले कसैको भलो नहुने पक्का देखिन्छ ।
अवको विकल्प :
अहिले पार्टी विभाजन पछि आ आफ्नो पार्टी विस्तार,शक्ति प्रदर्शन र कार्यक्रता तान्ने होडबाजि नै चलेको छ । कसैलाई पद त कसैलाई आर्थिक प्रलोभन दुबै चलेको पाइन्छ । यो गति एकताको समयमा चल्नु पर्ने हो त्यो गति देखिएन ।
नेकपामा विभाजन गर्ने शुरुवात आ आफ्नो (गुट)पक्षका कार्यक्रताको दिशा पनि स्वादिष्ट मान्ने र कार्यक्रताले पनि पार्टीका माथिल्लो निकायका नेताहरुले पादेपनि सुगन्ध ठान्ने प्रवृतिका कारण विग्रेको हो । यदि पार्टी विभाजनलाई बचाउनका लागि नेतृत्वले आ आफ्नो गल्ति स्विकार गर्दै मेरो गोरुको बाह् टक्का भन्ने भनाईको अन्त गर्नु पर्छ ।
पार्टी निधि, विधि र पद्धतिको विकास गर्नु पर्छ त्यसका साथै पार्टीको अन्तद्धन्द्ध कै कारण देश बर्बाद तिर लिनु हुन्न । जन सरकोरका हरेक कामलाई पहिलो प्राथमिकतमा राखेर अघि बढ्नु सबैको दायित्व हुन्छ । कम्युनिष्ट एकताले दिएको सन्देशलाई विभाजनका कारण विरोधिहरुमा आएको खुशियालि र गरेको भोज भतेरलाई चक्मा दिदै प्रतिस्प्रधिहरुका अगाडी नेपालि कम्यनिष्ट आन्दोलनको एकता रुपान्तरण र वर्ग संघर्षको स्थापित र स्थायित्व हुन सक्छ की ?
# लेखक कर्नालि संचार डट कमका कार्यकारी सम्पादक हुन ।
Discussion about this post