काठमाडौं। नयाँ चालक अनुमतिपत्रका लागि आवेदन दिनेको संख्या पाँच लाखभन्दा धेरै भएको छ ।
यातायात व्यवस्था कार्यालयहरूमार्फत परीक्षामा सहभागी हुनका लागि सेवाग्राहीले फारम भरिरहेका छन् ।
कोरोनाका कारण सरकारले नयाँ चालक अनुमतिपत्रका लागि आवेदन लिने काम स्थगित गरेको थियो । १० महिनासम्म अनुमतिपत्र बन्द भएर अहिले खुलेकाले चाप बढेको छ ।
सेवाग्राहीले २४ घण्टा नै र हप्तामा सात दिन नै अनलाइन फारम भर्न सक्ने गरी व्यवस्था मिलाइएको छ ।
Discussion about this post