कालीकोट । नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको २५ औँ साधारणसभाबाट शान्ति र विकास पत्रकारिता पुरस्कारबाट कालीकोटका देविराम देबकोटा सम्मानित हुनुभएको छ ।
आज भएको २५ औं वार्षिक साधारण सभाबाट यार्सा न्युजका सम्पादक तथा प्रेस संगठन नेपालका केन्द्रीय सदस्य देविराम देवकोटा लगायतका पत्रकार सम्मानित हुनु भएको बताइएको छ ।
शान्ति र विकास पत्रकारिता पुरस्कारबाट सम्मानित हुने देविराम देवकोटा, डम्बर आचार्य, दाजु भानुभक्त खड्का, बहिनी चाँदनी कठायत , खानेपानी तथा सरसफाइ पत्रकाररिता पुरस्कारबाट सम्मानित हुने खिम बुढा र मानबहादुर वली,र बर्ष पत्रकारिता पुरस्कारबाट सम्मानित हुने ललित बुढा,मधुवन बिसी, नन्दु गेलाङ्ग स्मृति पुरस्कारबाट गिता थापा सम्मानित हुनु भएको नेपाल पत्रकार महासंघ सुर्खेतले जनाएको छ ।
कालीकोटबाट बाहिर जिल्लामा पत्रकारिता पेशामा समर्पित पत्रकारहरु कलेन्द्र सेजुवाल,रमेश रावल लगाएतका पत्रकारहरु यस अघि सम्मानित भइसकेका छन ।
कालीकोट जिल्ला सान्नित्रिवेणि निवासि पत्रकार देवकोटा जनयुद्धका युद्ध पत्रकार हुन ।
Discussion about this post