विद्युत विशेष : सदरमुकाम अन्धकार गाउँमा झिलिमिलि

7
SHARES
15
VIEWS

कालीकोट । बुढापाकाको उखान झै वरीपरी उज्यालो टुकि(वत्ति)मनि अध्यारो भने झै कालीकोट जिल्लाको सदरमुकाम अध्यारो भएको ६ महिना विति सक्दा पनि उज्यालो हुने सम्भावना न्युन छ ।

हिजो आज प्रत्येक दिन विराई आउने डिजल प्लान्टले बत्ति छ कि छैन भन्ने भान नभएको छ । लाखौं खर्चेर संचालनमा ल्याएको डिजेल मार्फत आउने वत्ति मनपरी हुंदा सेवाग्राहीमा समस्या आएको छ । स्थानियका अनुसार मन परेको बेला आउने र जाने भएकाले विद्युतबाट न त व्यवसायिले फाइदा लिन सकेका छन न त सरकारी कार्यालयले ।
तर पचालझरना गाउँ पालिकामा भने लोडसेडिङ मुक्त गाउँ पालिका भएको छ । ८५ किलावाट क्षमताको विद्युत संचालन भएको छोटो समयमा ९ सय घरधुरीमा विद्युत संचालन भएपछि त्यहाँका नागरिकहरुले विद्युतबाट फाइदा लिन थालेका छन ।

पचालझरना गाउँ पालिका प्रमुख प्रशासकिय अधिकृत शिव कुमार पौडेलले आफु सदरमुका जांदा उकुस मुकुस हुने गरेको तर लगातार विद्युत संचालनमा हुने भएकाले पचालझरनामा बस्न ढुक्क हुन गरेको बताए । उनले भने विद्युत संचालनमा आउने गरेकाले आफु जस्ता अध्ययन तथा सरकारी काम गर्ने मानिसलाई पचालझरना जस्तै विद्युत सुचारु भएको ठाउँमा राम्रो लाग्ने बताए । पचालझरनाको विद्युतबाट स्थानियले फाइदा लिन नसकेको उनको तर्क छ ।
पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले विद्युत बाट फाइदा लिन समुदायहरुको बजारीकरण र अन्य कामको थालनि हुन थालेको बताएका छन । अहिले लाफागाड जलविद्युत आयोजनाले पचालझरनाका सबै वस्तिमा लाइन विस्तारको काम भइरहेको जनविद्युत उपभोक्ता समितिका अध्यक्ष विष्णुलाल न्यौपानेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित