सहकारी मार्फत दुग्ध सङ्कलन

7
SHARES
15
VIEWS

कपिलवस्तु । स्थानीय स्तरमा किसानहरूले उत्पादन गरेको दूध सङ्कलन गरी विक्री वितरणको लागि सहकारी संस्थाले दुग्ध सङ्कलन गर्ने भएको छ । जिल्लाको शुद्धोदन गाउँपालिका १ वग्दीमा रहेको सगरमाथा कृषि सहकारी संस्था ली.ले दुग्ध सङ्कलनको कारोबार सुरु गरेको छ ।

वग्दीमा रहेको आफ्नै सहकारीको भवनबाट दूध सङ्कलनको लागी दुग्ध सङ्कलन कार्यको उद्घाटन गरिएको छ । सङ्कलन कार्यको उद्घाटन गर्दै वडा नं १ का अध्यक्ष तिलकराम यादवले किसानहरूले सञ्चालन गरेको सङ्कलन केन्द्रलाई डेरीको रूपमा विस्तार गर्न वडा तथा गाउँपालिका वाट सहयोग गर्ने बताए ।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीले सहकारीको मूल मन्त्र भनेको नै सबैको सहयोग र सहकार्य रहेको हुँदा सहकार्य गरेर आयआर्जनमा टेवा पुग्ने काममा निरन्तर लाग्नु पर्ने बताए । सहकारी अध्यक्ष नेत्रलाल खनालले सहकारीको संस्थागत विकासको लागी मासिक बचत,जग्गा तथा भवन व्यवस्थापन गरेको हुँदा आगामी दिनमा दूध  चिस्यान केन्द्र सञ्चालन, सामूहिक पशुपालन, खाद्य सङ्कलन तथा विक्री लगायतका काम अगाडी बढाएको बताए ।

शुभ खर भुसालको सञ्चालन र दुर्गा न्यौपानेको स्वागतमा भएको कार्यक्रममा गाँउपालिलकाका लेखा अधिकृत ऋषिदेव अर्याल ,कृषि शाखाकी माया खनाल, पूर्ण केशर माविका प्रअ लीला खनाल, बाख्रापाला महासङ्घका कलाम डफाली,तेजलाल न्यौपाने लगायतले शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित