केपि सरकारले देश मुठभेठ तिर लिने काम गरेको छ — प्रभाकर

7
SHARES
15
VIEWS

कालीकोट । नेकपाका नेता जनार्दन शर्मा ‘प्रभाकार’ले देशलाई सरकारले मुठमेड तिर लिने खोजेको आरोप लगाउनु भएको छ ।
महिला नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेलगत्तै वहाँले सामाजिक सञ्जालमार्फत यस्तो आरोप लगाएका हुन् ।

नेता प्रभाकरले झाँक्रीलाई पक्राउ गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई मुठभेड तिर लिएर आफ्नो निहीत स्वार्थ पूरा गर्ने षड्यन्त्र रचेको समेत आरोप लगाउनु भएको छ ।

‘रामकुमारी झाँक्रीलाई पक्राउ गर्ने कुरा नागरिक स्वतन्त्रताको हनन् मात्र होइन देशलाई मुडभेडमा लगेर आपनो निहित स्वार्थपूर्ति गर्ने षड्यन्त्र हो’, शर्माले उल्लेख गर्नु भएको छ।

केही दिनअघि गोरखाको एक कार्यक्रममा नेतृ झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीबारे चर्को र अमर्यादित टिप्पणी गरेकी थिइन् ।

सोही टिप्पणीलाई लिएर केपि ओलि समुह निकट अखिल नेपाल महिला संघ (अनेमसंघ)ले गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाउँदै झाँक्रीलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै आएको थियो ।

यसैबीच आज बिहीबार प्रहरीले झाँक्रीलाई राज्यविरुद्धको कसुरअन्तर्गत दफा ५८ अनुसार पक्राउ पुर्जी जारी गरेर पक्राउ गरेको बताएको छ ।उनको पक्राउलाई रोक्न नेकपाका नेता तथा कार्यक्रताहरुले उनको निवास शंखमुलमा प्रतिवाद गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित