मुख्यमन्त्रि महेन्द्र शाही द्धारा पचालझरनाको प्रशासनिक केन्द्र पणेक्षामा उद्घाटन हुने(फोटो फिचर)

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकाको केन्द्र पणेक्षामा स्थानिय सरकारका सम्पूर्ण दैनिक प्रशासनिक काम गर्ने गरी मुख्यमन्त्रि महेन्द्र बहादुर शाही द्धारा औपचारिक उद्घाटन हुने भएको छ । पणेक्षमा औपचारिक उद्घाटन हुने कार्यक्रममा कर्नालि प्रदेश सभाका माननिय सदस्य कुर्मराज शाही,संघिय सांसद दुर्ग बहादुर रावत लगाएतका नेताहरुको सहभागिता हुने भएको छ ।

यस अघि बसेको पचालझरना गाउँ कार्यपालिका बैठकले गरेको निणर्य अनुसार फागुन १ गते देखि पणेक्षा केन्द्रित काम शुरु गरिने भएको हो ।

पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले अहिले जारकोटमा रहेका सबै शाखाहरुका साथै दैनिक प्रशासनिक कागजजातका साथै समान बोक्ने काम भएको बताउनु भएको छ । अध्यक्ष सेजुवालका अनुसार सबै कर्मचारीहरुले कार्यालयका सामानहरु बोक्ने र व्यवस्थापन गर्न अहोरात्र खटिनु भएको बताउनु भएको छ ।
पचालझरना गाउँ पालिकाको केन्द्र विन्दु रहेको पणेक्षामा अहिले झकिझकाउ भएको छ । बेहुलि झै व्यवस्थापन भएको पणेक्षामा सडकको स्तरन्नोतिका साथै अन्य व्यवस्थापन तिव्र रुपमा भएको प्रविधि अफिसर प्रकाश कठायतले बताउनु भएको छ ।

अहिले पचालझरनामा अषाढको मौषम झै काम भएको र सबै क्षेत्रबाट भएको सहयोगका कारण पणेक्षामा केन्द्र हुन पुगेको बताउदै पचालझरना ३ निवासि स्थानियले ४१ हजार वर्ग मिटर जग्गा गाउँ पालिकालाई दिइसकेका छन भने अन्य जग्गा दिने क्रम चलेको समेत बताइएको छ । पचालझरनाको पणेक्षामा यस अघि महत्सव कार्यक्रम समेत भएको थियो ।

उक्त केन्द्रमा पचालझरना गाउँ पालिकाका वडा न. ५,६ र ७ लाइ टाढा भएपनि अन्य समुदायको पाएक पर्ने केन्द्र रहेको पचालझरना गाउँ पालिकाले जनाएको छ । जारकोटमा रहंदा भाडामा बस्दै आएको गाउँ पालिका अहिले आफैले निर्माण गरेको भवनमा बस्ने भएको हो । पालिका केन्द्रको विना विवाद टुंगोमा पुगेको र भौतिक संरचना निर्माण गर्ने पहिलो गाउँ पालिका हो ।

अहिले विभिन्न स्थानिय तहमा भने केन्द्रका विषयमा विवाद कायमै रहे पनि पचालझरना गाउँ पालिकामा भने दुई वर्ष अघि सर्व पक्षिय, सर्वदलिय ढंगले केन्द्रको टुंगो लागेको हो । पचालझरना जाने सडक,वडा न. १ र २ जोड्ने सडक निर्माणको काम तिव्रगतिमा भइरहेको छ भने सडक विद्युतको सहज पहुंच भएको गाउँ पालिकामा भौतिक संरचना देखि अन्य काम तिव्र हुन थालेको र प्रशासनिक क्षेत्र पणेक्षामा उपयुक्त भएको र सर्वसम्मत निर्णय भएको भन्दै पचालझरना गाउँ पालिकाका प्रमुख प्रशासकिय अधिकृत शिब कुमार पौडेल डेढ महिना देखि पणेक्षामा बस्दै आउनु भएको छ ।

कार्यकारी प्रमुख पौडेलले यहाँको भुगोल र प्रशासनिक संरचना सबै सम्पन्न भएकाले आफुले विशेष जोड दिएको बताउनु भएको छ । वहाँका अनुसार यस केन्द्रका लागि पहल गर्न निरन्तर दवाव दिने सबै प्रतिनिधि र जनसमुदायलाई कार्यकारी प्रमुख पौडेलले धन्यावाद दिनु भएको छ ।

पणेक्षामा रिंग रोड निर्माण गरिएको छ भने विचमा सडक विस्तार गरिएको छ । उक्त जमिनमा सडक विस्तार गरिए संगै नक्सा भित्र सडक कायम गरिदा पणेक्षा विचमा र वरीपरी सडक कायम हुंदा बजारीकरणका लागि सहज भएको छ आठ मिटर सडकले बजारीकरणमा सहजता आउने स्थानियको बुझाई रहेको छ ।

पणेक्षा केन्द्रका बारेमा हो हल्ला भएको लामो भएपनि विश्वस्त हुन नसकेका लाफा बासिमा खुशियालि छाएको छ । अहिले पणेक्षामा भौतिक संरचना नभएका कारण लाफाका स साना घरहरु भाडामा जाने र मानिसहरुको जनघनत्व बढ्ने भएपछि लाफा बासि खुशि भएका हनु । उनिहरुले पणेक्षा केन्द्र हुनु आफुहरुको सौभाग्य भएको बताएका छन । स्थानिय विष्णुलाल न्यौपानेले आफुहरु पालिकालाई स साना घर भएपनि आवश्याक्तामा दिने बताउदै कुनै पनि कमि हुन नदिने बताएका छन ।

पणेक्षामा जग्गा खरिद विक्रिको क्रम बढेको छ भने भौतिक संरचना निमार्ण गर्ने कामले निरन्तता पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित