हिमचुलि कृषि सहकारी बुलगारी परियोजना द्धारा सम्मानित

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लामा बालबालिकाका क्षेत्रमा काम गरेकाले जिल्ला स्थित हिमचुलि कृषि सहकारी संस्था लि. सम्मानित भएको छ ।

भिडिसेफ कालीकोटको आयोजनामा भएको एक कार्यक्रम मार्फत हिमचुलि कृषि सहकारी संस्था लि.लाई सम्मान गरेको हो । सेभ द चिल्ड्रेन द्धारा संचालित बुलगारि परियोजनाले बालबालिका र युवाको क्षेत्रमा काम गरेकोले हिमचुली कृषि सहकारी संस्था लि प्रसंशा पत्र प्रदान गरिएको हो ।

खांडाचक्र नगरपालिकाका उपप्रमुख विजया विष्टले उक्त सम्मान पत्र प्रदान गर्दै संस्थाका मुख्य व्यवस्थापक जगेन्द्र प्रसाद आचार्यले ग्रहण गर्नु भएको हो । ग्रहण गर्दै संस्थाका मुख्य व्यवस्थापक आर्चायले विगत सन २०१६ देखि हाल सम्म युवा र वालवालिकाका क्षेत्रमा काम गर्दै आएको छ ।

जिल्लाका तिलागुफा नगरपालिका र नरहरिनाथ गाउँ पालिकाका असाहय वालवालिका र १८ वर्ष देखि २२ वर्ष उमेर समुहका युवा उद्यमिहरुलाई व्यवसाय प्रवद्धनमा काम गर्दै आएको थियो । रातो गुरांस बचत तथा ऋण सहकारी संस्थालाई समेत प्रशंसा पत्र दिदै सम्मान गरेको आयोजक संस्थाले जनाएको छ ।

कालीकोट जिल्लामा बुलगारी परियोजनाले सिप विकास देखि विभिन्न क्षेत्रमा क्षमता अभिबृद्धिका काम गर्दै आएको छ । सहकारी बाल अनुदान कोष तथा घुम्ति कोष सम्बन्धि जानकारी कार्यक्रममा उक्त सम्मान पत्र प्रदान गरिएको भिडिसेफ कालीकोटका कार्यक्रम व्यवस्थापक राजेन्द्र सहकारी लगाएतका प्रतिनिधिहरुको सहभागिता रहेको बताइएको छ ।

हिमचुलि कृषि सहकारी संस्था लि.का अध्यक्ष काली बहादुर महताराले सहकारी र भिडिसेफ विच साझेदारीमा भएको कार्यक्रमबाट सम्मान गरेकोमा भिडिसेफ कालीकोटलाई धन्यवाद दिनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित