स्वच्छ खानेपानिको पहुंचमा बसन्तपुर, ५० घरमा एक घर एक धारा निर्माण

7
SHARES
15
VIEWS

कालीकोट । रास्कोटको बसन्तपुरका ५० घरधुरीमा मिटर सहितका खानेपानिका धारा निर्माण भएपछि औपचारिक रुपमा उद्घाटन गरिएको छ ।

रास्कोट नगरपालिकाको वडा न. ४ बसन्तपुरमा रहेका सबै घरधुरीमा धारा निर्माण भएपछि त्यहाँका स्थानिय स्वच्छ खानेपानिको पहुंचमा पुगेका हुन । आज एक कार्यक्रमका विच नगरपालिकाबाट स्थलगत अनुगमन भएपछि औपचारिक रुपमा खानेपानिका धारा समुदायलाई हस्तान्तरण गर्दै उद्घाटन गरिएको बताइएको छ ।

उद्घाटन कार्यक्रममा वडा न. ९का वडाअध्यक्ष डबल बोगटी,वडा न.४का वडाअध्यक्ष विनोद शाही र कार्यपालिका सदस्य मन तिरुवाको उपस्थितिमा उद्घाटन गरिएको हो ।

रास्कोट नगरपालिकाले गएको वर्ष नगरपालिकाका ६ सय घरधुरीमा खानेपानिको पहुंच पुगाएको थियो भने यस वर्ष २ हजार एक सय घरधुरीमा खानेपानि पुगाउने लक्ष्य लिएको छ ।

खानेपानिका क्षेत्रका साथै विद्यालयमा भौतिक संरचना निर्माणका लागि रास्कोट नगरपालिका र युनिसेफ नेपालको साझेदारीमा कार्यक्रम संचालन भइरहेको रास्कोट नगरपालिकाका कार्यपालिका सदस्य मन तिरुवाले बताउनु भएको छ ।

अहिले रास्कोटका वडा न. २,५ र ९ मा खानेपानिका धारा निर्माण हुने क्रम जारी रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित