माओवादी जनयुद्ध दिवस देशभर मनाइदै,कालीकोटमा कहां के हुंदैछ ?

7
SHARES
15
VIEWS

कालीकोट । नेपालको इतिहांसमा पहिलो पल्ट नेकपा (माओवादी)ले थालनि गरेको नेपालि जनयुद्धलेले २६ वर्ष पुरा गरेको उपलक्ष्यमा देश तथा विदेशमा शुभकामना आदान प्रदानको कार्यक्रम राखिएका छन ।

जनयुद्ध तथा जनआन्दोलन दिवसको अवसरमा गएको वर्ष देखि तत्कालिन नेकपा एमाले र माओवादीको एकता पछि मनाउन थालिएको हो । कालीकोट जिल्लाका विभिन्न स्थानिय तहमा भव्य ढंगले कार्यक्रम राखिएका छन ।

कालीकोट जिल्लामा राष्टिय युवा संघको पहिलो जिल्ला भेलाको उद्घाटन गर्दै कार्यक्रम तयार गरिएको छ । उक्त कार्यक्रमलाई कर्नालि प्रदेशका मुख्यमन्त्रि महेन्द्र बहादुर शाहीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ भने पचालझरना गाउँ पालिकाको केन्द्र पणेक्षामा नेकपाले भव्य सभाको तयारी गरेको छ उक्त सभालाई मुख्यमन्त्रि शाहीले सम्बोधन गर्ने पलांता गाउँ पालिकामा मिरा कप खेलकुद प्रतियागिताको उद्घाटन हुने बताइएको छ । देश भर त्यसैगरी कार्यक्रम तय भएको बताइएको छ ।

नेकपाले देशका विभिन्न ठाउँमा विभिन्न कार्यक्रम गरेर जनयुद्ध दिवस मनाउने योजना बनाएको छ ।

तत्कालिन नेकपा(माओवादी)ले थालनि गरेको जनयुद्ध र शान्तिकाल पछि विभाजन भएका विभिन्न राजनैतिक दलहरुले समेत जनयुद्ध दिवसमा प्रदर्शन,अन्तरक्रिया तथा शुभकामना आदान प्रदानको कार्यक्रम राखिएएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित