हिमचुलि सहकारीले २ प्रतिशत व्याज छुट दिने

7
SHARES
15
VIEWS

कालीकोट/जेष्ठ,जिल्लाका सबै भन्दा ठुलो व्यवसायिक सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई लक डाउन अवधि बैशाख देखि अषाढ सम्म व्याजमा दुई प्रतिशत व्याज छुट दिने निर्णय गरेको हो ।

संस्थाको बुधवार बसेको संचालक समितिको बैठकले उक्त निर्ण गरेको संस्थाका सचिव सरोज बोगटीले बताउनु भएको छ ।वहांका अनुसार बैशाख देखि अषाढ सम्मको व्याजमा सदस्यहरुलाई २ प्रतिशत व्याज छुट दिने निर्णय हुनुका साथै कोरोना भाईरस रोकथामका लागि कर्मचारीहरुको ५ दिन बराबरको तलव र संस्थाले स्थापना गरेको सामाजिक विकास कोष बाट थप रकम व्यवस्थापन गरी ३ लाख बराबरको कोष स्थापनन गर्ने बताउनु भएको छ । सचिव बोगटीका अनुसार जिल्लामा तरकारी संकलन केन्द्र र डेरी संचालनमा ल्याउन भवन निर्माण गर्ने छ । त्यसका लागि निर्वाचन क्षेत्र विकास कार्यक्रमको सहयोग तथा खांडाचक्र नगरपालिकाको समन्वयमा भवन बन्ने भएको हो ।

आईतवार खांडाचक्र नगरपालिकाका प्रमुख जसि प्रसाद पाण्डेले भवनको सिलान्यास समेत गरिएको संस्थाका अध्यक्ष कालि बहादुर महताराले बताउनु भएको छ ।
अध्यक्ष महताराका अनुसार लकडाउन अवधि भित्र जिल्लाको रास्कोट नगरपालिकामा समुदायको हितलाई मध्यनजर गर्दै सहकारी सुपथ मुल्य पसल संचालन गरेको,सदस्यहरुलाई व्याज छुट दिनुका साथै रास्कोटमा संस्थाको भवनको काम शुरु गरिएको समेत बताउनु भएको छ ।

साथै बैठकले दुर्घटनामा परि मृत्यु हुनु भएका महावै ६ निवासि कमला शाही र खांडाचक्र ११ बदालकोट निवासि अनिता शाहीलाई दुर्घटना विमा वापत विमा कम्पनिको सहकार्यमा १/१ लाख दुर्घटना विमा वापत राहत दिने समेत बताउनु भयो ।
जिल्लामा बचत तथा कर्जा,सदस्य विमा, महिला शसक्तिरण कार्यक्रम(लघुवित्त),रेमिटान्स सेवा, एग्रोभेट,दुध डेरी संचालन, अर्गानिक उत्पादन तथा बजारीकरण कार्यक्रम,सौर्य उर्जा कार्याक्रम,भान्छा सुधार घर कार्यक्रम तथा रास्कोटमा एकिकृत जिवन प्रवद्धन कार्यक्रम ,युवा शसक्तिकरण परियोजना समेत संचालन गर्दै आएको बताइएको छ । सदस्यको उत्पादन संस्थाको समन्वयमा बजारीकरण गर्ने योजना संस्थाले लिएको छ ।

संस्थाका मुख्य व्यवस्थापक जगेन्द्र प्रसाद आचार्यका अनुसार संस्थाका १२ हजार ५ सय सदस्यहरुमा २३ करोड कृषि तथा व्यवसायि कर्जा प्रवाह भएको, सदस्यहरुको सेवालाई मध्यनजर गर्दै जिल्ला भर ९ वटा सेवा कार्यालय रहेको बताउनु भएको छ ।

२०६५ सालमा स्थापना भएको हिमचुलि कृषि सहकारी संस्थाले ५० जनालाई प्रत्यक्ष रोजगारीको सृजना गरेको र अप्रत्यक्ष रुपमा तिन हजार स्वरोजगार भएको मुख्य व्यबस्थापक आचार्यको भनाई रहेको छ । वहाँका अनुसार संस्थाले जिल्ला बाहिर सेवा विस्तार गर्ने योजना बनाएको बताउनु भएको छ । संस्थाले लक डाउन अवधि भर सदस्यहरुको सुविधालाई मध्यनजर गर्दै सबै सेवा कार्यालयहरुबाट सेवा संचालनमा ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित