कालीकोट ।कर्नाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले पचालझरना गाउँ पालिकाको प्रशासनिक केन्द्र पणेक्षाको औपचारिक उद्घाटन गर्नु भएको छ ।
पचालझरना गाउँ पालिकाको अस्थायी केन्द्र जारकोट बाट काम काज भैरहेको अवस्थामा आज फागुन १ गते देखि पणेक्षाबाट काम शुरु हुने भएको छ ।
कर्नाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही, संघीय संसद दुर्ग बहादुर रावत, रास्टिय सभाका संसद जीवन बुढा,प्रदेश संसद कुर्मराज शाही लगाएतका नेताहरुको सहभागितामा उद्घाटन गरिएको हो ।
Discussion about this post