काठमाडौं । बैतडीकी किशोरी भागरथी भट्टको हत्यामा संलग्नहरुको खोजी गरी कडा भन्दा कडा सजायको माग राख्दै नेविसंघले प्रदर्शन गरेको छ ।
नेविसंघ केद्रिय समितिले बागबजारस्थित पद्मकन्या क्याम्पस अगाडि आइतबार बिहान भागरथीलाई न्याय र दोषीलाई कडा कारबाहीको माग गर्दै प्रदर्शन गरेको थियो ।
भागरथीलगायत बलात्कार र हत्याका सबै घटनामा संलग्नलाई कारबाही गर्न नेविसंघले माग गरेको हो ।
कार्यक्रममा नेविसंघका सभापति राजीव ढुंगाना, महामन्त्री दिपक भट्टराई, नेतृ उर्मिला थपलियालगायतको सहभागिता रहेको थियो ।
उपाध्यक्ष तुलसा पन्तको संयोजकत्वमा भएको कार्यक्रमको कोणसभालाई सम्बोधन गर्दै नेविसंघका अध्यक्ष ढुंगानाले घटनाका दोषिलाई तत्काल कारबाही गर्न सरकारसँग माग गरे ।
प्रदर्शनमा सहभागी महिलाले सेतो कपडामा रगतले पोतिएको पहिरनमा बिरोध प्रदर्शन गरेका थिए ।
Discussion about this post