आफुलाई साथ नदिएको भन्दै पलांता अध्यक्ष लक्ष्मणले विद्यालयमा लगाए ताला

7
SHARES
15
VIEWS

कालीकोट।पलाता गाउँपालिका अध्यक्ष लक्ष्मण द्धारा पलांताको एक विद्यालयमा तालाबन्दि गरिएको छ । पलांता गाउँ पालिकाको वडा न. १ खाडा गाउँको गणेश आधारभूत विद्यालयमा अध्यक्ष लक्ष्मण बमले आइतबार ताला लगाइदिएका हुन ।

तालाबन्दिका बारेमा के कति कारणले भएको हो आफुलाई जानकारी नभएको व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष मनप्रसाद न्यौपानेले बताए । उनले भने गाउँ पालिका अध्यक्ष बम एक्कासि विद्यालय आएर २ वटा कोठामा ताला लगाइदिएको बताएका छन ।
विद्यालयमा ताला लगाइदिए पछि पालिका स्तरिय कक्षा ८ को परीक्षा अन्यौलमा परेको छ ।
उनका अनुसार ‘अध्यक्ष ज्यू दलबल सहित विद्यालयमा आउनु भयो र गाउँलेले खाडा आगालागीमा आफूहरुलाई साथ नदिएको, भ्रष्टाचार गरेको आरोप लगाएको,कार्टुन बनाएर मरेको घोषण गरेको भन्दै आफैंले बनाइदिएको विद्यालयमा ताला हान्नु भयो । अहिले चार जना भन्दा बढी विद्यार्थीको झोला पनि कक्षाकोठामा रहेको बताए । उनले भने, खाडा आगलागी भएको समयमा विद्यालयमा चार कोठा थिए । अध्यक्ष आफैंले यहाँ आएर छत्र बमलाई ठेक्का दिएर २ कोठे कच्ची भवन बनाउन लगाउनु भयो । त्यो निर्णय विद्यालय व्यवस्थापन समितिले नगरेको बताए।आफै निर्माण गर्ने जनताको समस्या के हो भनेर थाहा नदिइ तालाबन्दि गर्नु गलत भएको स्थानियको भनाई रहेको छ ।

जनप्रतिनिधिले नै विद्यालयमा तालाबन्दी गर्नु गलत भएको भन्दै अभिभावकहरूले ताला खोल्न दबाब दिएका छन् ।
विद्यालयका प्रधानाध्यापक सर्प न्यौपानेले विद्यालयमा ताला लगाउनुको कारण आफूहरूलाई थाहा नभएको बताए । न्यौपानेले भने, ‘उहाँले विद्यार्थीलाई बाहिर निकालेर कक्षा कोठामा ताला लगाउनु भएको हो ।’

गाउँपालिकाका उपाध्यक्ष दाना न्यौपानेले आफू उपचारको क्रममा नेपालगञ्जमा रहेको बताउँदै तालाबन्दी भएको बारेमा केही जानकारी नभएको बताईन् ।

‘मेरो गाउँको विद्यालय हो । तालाबन्दी भएको बारेमा आफुलाई कसैले जानकारी नदिएको तर बुझेर ताला खोल्न पहल गर्ने बताएकी छन ।

यस बारेमा लक्ष्मण बम संग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित