सचिव सरुवामा मनोमानी,कसको सरुवा कहाँ ?

7
SHARES
15
VIEWS

काठमाडौं । सरकारले झन्डै एक साताअघि गरेको ढेड दर्जन सचिवको सरुवालाई सोमबार अन्तिम रूप दिइएको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १७ जना सचिवको सरुवा गरे पनि विवाद र असन्तुष्टिका कारण सरकारले सरुवा सूची सार्वजनिक गर्न सकेको थिएन ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीले भने आफूलाई अन्यायपूर्ण रूपमा मनोबल गिराउने गरी सरुवा गरिएको भन्दै सरुवा नसच्याए राजीनामा दिने चेतावनी दिएका छन् । सुरुमा मैनालीको सरुवा सार्वजनिक खरिद अनुगमन कार्यालयमा भएको थियो तर मैनालीले आपत्ति व्यक्त गरेपछि उनको सरुवा निर्णयलाई होल्ड गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ ।

मैनाली तुलनात्मक रूपमा इमानदार सचिवका रूपमा परिचित छन् । इमानदार सचिवको हुर्मत लिन खोजेको भन्दै सरकारको आलोचनासमेत भएको छ । मैनालीलाई वित्त आयोग पठाउने भनिए पनि त्यसमा पनि उनले सहमति जनाएका छैनन् । सम्भवत मैनालीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राखिने स्रोतले जानकारी दिएको छ ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गत बिहीबार भएका सचिवको सरुवाको पत्र केही सचिवलाई थमाएको छ । केहिले भने पत्र बुझ्न मानेका छैनन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारीले नै सरकारले सचिव सरुवाको कुनै मापदण्ड बनाउन नसकेको र सोर्सफोर्सका आधारमा हचुवामा सचिवको सरुवा गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरूले मनोमानी रूपमा गरिने सचिव सरुवाले प्रशासन क्षेत्रको विकासमा गम्भीर धक्का लाग्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । राजधानी दैनिकले खबर छापेकाे छ ।

कसको सरुवा कहाँ ?

१ तोयम राय: अख्तियार दुरुपयोग अनुसन्धान आयोग
२. सुरेश अधिकारी: निर्वाचन आयोग
३. वेगेन्द्रराज शर्मा पौड्याल: भूमिव्यवस्था सहकारी तथा गरिबी निवारण
४. सूर्य गौतम: श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
५. देवेन्द्र कार्की: राष्ट्रिय सतर्कता केन्द्र
६. अर्जुन पोखरेल: उद्योग
७. दिनेश भट्टराई: वाणिज्य
८. महेन्द्र गुरागाई: लोकसेवा आयोग
९. वैकुण्ठ अर्याल: प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय
१०. देवकुमारी गुरागाई: उपराष्ट्रपति कार्यालय
११. केदार न्यौपाने: युवा तथा खेलकुद मन्त्रालय
१२. टेक नारायण पाण्डे: सार्वजनिक खरिद अनुगमन कार्यालय
१३. मणिराम गेलाल: राष्ट्रिय पुनर्निर्माण प्राधिकरण
१४. सुरेश आचार्य: नेपाल ट्रस्ट
१५. रामप्रसाद थपलिया: शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
१६. सुमन अर्याल: प्रदेश १ को प्रमुख सचिवमा पदस्थापन
१७. गोपीनाथ मैनाली: होल्ड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित