राजनैतिक जिवनमा दवाव सहनु मात्र हाम्रो दायित्व होइन –काशि बराल

7
SHARES
15
VIEWS

कालीकोट । राजनैतिक जिवनमा लामो समय विताएका रास्कोट नगरपालिकाका प्रमुख काशिचन्द्र बरालको पछिल्लो समय निकै चर्चामा रहेको थियो । आइतवार नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को ओलि पक्षमा कित्ता कट गरेपछि विभिन्न टिका टिप्पणि हुन थालेका छन ।

२०४६ साल देखि विद्यार्थि राजनैतिकमा अग्रसर भएका काशिचन्द्र बराल ५ वर्षे कार्यकाल फुकोट गाविसका अध्यक्ष हुंदै २०५८ सालमा जनयुद्धमा सहभागि भएका थिए । जनयुद्धकालमा भुमिगत जिवनका समयमा पार्टीको सल्लाह अनुसार खुला राजनैतिकमा लागि परेको तर पछि भुमिगत हुंदा नहुन दिएको इतिहांस देखि आज सम्म आफु माथिको अन्याय जारी रहेको तर्क गरेका छन ।

३१ वर्षे राजनैतिक जिवनमा अघि बढिरहंदा कालीकोटको राजनैतिकमा अघि लागेका बाहेक अरुहरुले अवसर नपाउनु र जनयुद्धको बलिदानको रक्षा र त्यागको अवसर अरुहरुले पाउदा कठिन परिस्थिति आएको बताए । उनले भने राजनैतिक जिवनमा सधै भरी दवावमा मात्र रहनु हाम्रो दायित्व मात्र नभएको बताउदै राजनैतिकमा भालिको अवसर र भविष्यलाई मात्र नहेरेर जनताका पक्षमा काम गर्ने अवसर छोटो भएपनि राजनैतिक सिकाएकाहरुको हालि मुहालि हुने र जनयुद्धको त्याग गरेको कालीकोटमा अवसर नदिने परिपाटीले समस्या सृजना गरेको बताए ।

कालीकोटको राजनैतिक यात्रामा अवसरका लागि गुलामि गर्नेहरुको हाइ हाइ र पिडित कार्यक्रताको बारेमा नबोल्नेहरुले पार्टीमा मरिहत्ते गर्ने गरेको बताए । उनले भने अहिले पनि रोल्पा,पश्चिम रुकुम, जाजरकोटको तुलनामा कालीकोटका नेता कार्यक्रताहरु प्रति पूर्वाग्राही दृष्टिकोण हुने गरेको बताएका छन । कर्नालि संचार संगको कुराकानीमा आफुहरु मात्र राज गर्ने हुं अरुको यो दुनियामा केही छैन भन्ने परिपाटीको अन्त नगरी समाज परिर्वतन नहुने बताए ।

कालीकोट जस्तो जनयुद्धको बलिदानि भएको क्षेत्रका लागि केन्द्रिय नेतृत्वले पूर्वाग्राही हुनु र जिल्ला स्तरका नेताबाट निकास निकाल्न नसकेका कारण भने जस्तो नभएको बताए । आफुलाई अवसरका लागि केपि ओलि पक्षमा लागेको भन्नेहरुलाई चुनौति दिदै माधव प्रचण्ड पक्ष भित्रको आफुले फरक मत राखेको र त्यहाँ भित्र पनि एक अर्का प्रतिको बुझाईमा अनेकता हुन गएको बताए ।

रास्कोट नगरपालिकाका प्रमुख समेत रहेका काशिचन्द्र बरालले पार्टी विभाजनमा जानु दुवै पक्षको समस्या रहेको बताउदै आएका थिए । कालीकोट जिल्लामा न्युन जनमत भएको भनिएको केपि ओलि पक्षमा लागेपछि सामाजिक संजाल रंगिएका छन ।

रास्कोटबाट नेकपा ओलि पक्षमा मिन बहादुर शाही(राष्टिय योजना आयोग सदस्य)नगेन्द्र शाही (नेश्नल) लगाएतका नेताहरु रहेका छन ।जनप्रतिनिधिहरुमा रास्कोट नगरपालिका वडा न. २का वडा अध्यक्ष दयाराम सिमखाडा,वडा न. ५का वडा अध्यक्ष नर्जन शाही र वडा न. ८ का वडा अध्यक्ष कृष्ण प्रसाद धमाला लगाएतका जनपतिनिधिहरु नेकपा ओलि पक्षमा रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित