कालीकोटमा १२ सय ३२ जनामा कोभिड विरुद्धको खोप

7
SHARES
15
VIEWS

कालीकोट । सरकारले संचालन गरेको कोभिड विरुद्धको खोपमा पहिलो चरणमा कालीकोटमा एक हजार २ सय ३१ जनालाई लगाइएको छ ।

अहिले दोस्रो चरणमा सरकारी कार्यालय, वित्तिय संघ संस्थाहरुमा कार्यरत कर्मचारीहरुलाई कोभिड विरुद्धको खोप लगाउने कार्यक्रम रहेको छ ।

जिल्ला स्वस्थ्य कार्यालय कालीकोटका स्वस्थ्य सेवा व्यवस्थापक कटक महतका अनुसार कालीकोट जिल्लामा पहिलो चरणमा स्वस्थ्यकर्मि, सरसफाई कर्मिलाई खोप लगाइएको भएपनि हाल सम्म पहिलो चरणका ८ सय २ जना र दोस्रो चरणका (सोमबार) सम्मका ४ सय ३० जना गरी एक हजार २ सय ३२ जनालाई लगाइएको बताउनु भएको छ । वहाँका अनुसार दोस्रो चरणको लक्ष्य भनेको २ हजार ३ सय ३ जनालाई रहेको समेत बताउनु भएको छ ।

व्यवस्थापक कटक महतका अनुसार खोप लगाइसकेपछि सामान्य ज्वरो आउने,जिउ दुख्ने गरेको भएपनि क्रमस निको हुंदौ जाने गरेको बताउनु भयो ।

अहिले सम्म कोभिड विरुद्धको खोप लगाउदा सामान्य समस्या भएपनि कुनै पनि ठाउँमा जटिल समस्या नआएको महतको भनाई रहेको छ ।

पछिल्लो समयमा जिल्लाका पचालझरना,खांडाचक्र नगरपालिका लगाएतका ठाउंमा खोप लगाउने काम भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित