पत्रकार महिला आवास गृह उद्घाटन

7
SHARES
15
VIEWS

काठमाडौं । नेपाल पत्रकार महासंघ महिला समितिको समन्वयमा व्यवस्थापन गरिएको पत्रकार महिला आवास गृहको उद्घाटन भएको छ ।

नेपाल पत्रकार महासंघको कार्यालय परिसरमा रहेको भवनमा उक्त आवास गृहको उद्घाटन गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकार महिलाका हक अधिकारका लागि महासंघ प्रतिवद्ध रहेको बताए ।

आवास गृहको उद्घाटन नेपाल पत्रकार महासंघकी पहिलो महिला उपाध्यक्ष राधा बुढाथोकीले गरेकी थिइन् । भवन उद्घाटन गर्दै बुढाथोेकीले देशमा महिला पत्रकारको संख्या बढे पनि गुणात्मक रुपमा क्षमता बृद्धिका लागि पत्रकारहरुको संस्था लाग्नुपर्नेमा जोड दिइन् ।

सोही अवसरमा नेपाल पत्रकार महासंघका महिला समिति संयोजक लक्ष्मी पुनले आवास गृहको शुरुवात गरेको र यसको क्षमता विस्तारमा अझ ध्यान दिँदै जाने बताइन् । उनले अहिले तत्कालका लागि एउटा मातृत्व कक्षसहित १० जना पत्रकार महिला अट्ने क्षमता रहेको जानकारी दिइन् ।

नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय परिसरमा यसअघि पुरुष आवासगृह रहेकोमा अहिले महिला आवास गृहको शुरुवात गरिएको हो । हाल पुरुष आवास गृहमा बस्ने पुरुष पत्रकारले एक दिनको १ सय रुपैयाँ र पत्रकार महिलाले ५० रुपैया रजिष्ट्रेशन गर्ने व्यवस्था गरिएको महिला समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित