सर्वाेच्चमा प्रधानमन्त्रिको जवाफ,के जवाफ दिए पूर्ण पाठ

7
SHARES
15
VIEWS

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको अवहेलना हुने गरी आफूले कुनै पनि अभिव्यक्ति नदिएको दाबी गरेका छन् ।

आफूविरुद्ध परेको अवहेलना मुद्दाबारे लिखित जवाफ बोकेर केहीबेरअघि आफै सर्वोच्च अदालत पुगेका ओलीले आफूलाई अदालतको अवहेलाना गर्यो भन्नु नै दुराग्रहपूर्ण भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले अदालतबाट हुने कार्यका विषयमा अन्य केही व्यक्तिहरुले सार्वजनिक रुपमा अभिव्यक्ति दिएजस्तो यो यस्तो हुनुपर्छ, नभए आन्दोलन गर्छु, कसैलाई कारवाही गर्छुजस्ता दबाबमूलक र निन्दनीय शब्द प्रयोग नगरेको समेत प्रष्ट पारेका छन् ।

वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई ‘बाजे’ वकिल भनेको र बहसलाई ‘तमासा’ भनेपछि प्रधानमन्त्रीविरुद्ध अवहेलना मुद्दा दर्ता भएको थियो ।

उक्त मुद्दामा गत माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्रीलाई लिखित जवाफ पेस गर्न आदेश दिएको थियो ।

सोही बमोजिम जवाफ बोकेर प्रधानमन्त्री आज सर्वोच्च अदालत पुगेका हुन् । प्रधानमन्त्री ओलीले ३ पृष्ठ लामो लिखित जवाफ पेश गरेका छन् । ‘मैले मुद्दा जित्छु, मैले मुद्दा जित्ने आधार यस्ता छन् भन्न नपाउने हुँदैन, यो स्वाभाविक मानिन्छ’, उनको जवाफमा लेखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित