काठमाडौं/जेठ, सरकारले सहकारी संस्थाहरू गाभ्न प्रोत्साहन गर्ने भएको छ ।आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा सरकारले सहकारी संस्थाहरूलाई मर्जरमा लैजानका लागि प्रोत्साहन गर्ने उल्लेख गरेको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सहकारी संस्थाहरू धेरै भएको र मर्जरका लागि प्रोत्साहन गरिने बताएकी हुन् ।
त्यसै गरी निति तथा कार्यक्रममा सरकारले वैदेशिक रोजगारीबाट फर्किएका दक्ष युवाहरुलाई उद्यमशील बन्नका लागि सरकारले सुरुआती पुँजी उपलब्ध गराउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सरकारले उद्यमशील बन्न चाहाने युवाहरुलाई यस्तो सुविधा दिने घोषणा गरिन् ।
नयाँ उद्यम गर्न सरकारले युवाहरुलाई पनि सुरुवाती पुँजी उपलब्ध गराइने भएको छ । नवप्रर्वतनात्मक स्टार्टअप युवा उद्यमीलाई सुरुवाती पुँजी उपलब्ध गराईने नीति तथा कार्यक्रममा उल्लेख छ ।
Discussion about this post